शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बुधबार, २५ पुस २०७५, २१ : ३५
बुधबार, २५ पुस २०७५

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । 

उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । 

उत्तर कोरियाली नेता किम मङ्गलबार चीनको भ्रमणमा पुग्नु भएको थियो । प्योङयाङको एक प्रमुख कृटनीतिक साथीको रुपमा रहेको चीनको किमको चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो । 

नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मङ्गलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाई पछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् । 

किम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घण्टा भेटवार्ता गर्नु भएको थियो । उत्तर कोरियाली नेता किमको मङ्गलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुबै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ । 

किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ । 

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किम चीन भ्रमण गरेका हुन् । 

यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्वतयारीका लागि यो भ्रमण भएको भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् । 

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । 

यसै साताको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए । 

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन– राष्ट्रपति ट्रम्पले बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप