शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

बुधबार, २५ पुस २०७५, २१ : १५
बुधबार, २५ पुस २०७५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् । 

नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताएका हुन । उनले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको उल्लेख गरे । 

‘अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ,’ उनले भने, ‘आन्दोलन गरेर समय खेर कसैल नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ ।’

मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताए । 

सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए । 

सो मेलालाई प्रदेश उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्य पद्मा खड्का, अमृता विसी, विन्दमान विष्ट, नगर प्रमुख देवकुमार सुवेदी लगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप