बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अनागत’मा अपर्णको श्रीमती प्रियंका

बुधबार, २५ पुस २०७५, २० : १५
बुधबार, २५ पुस २०७५

काडमाडौं– फिल्म ‘अनागत’मा एक परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई देखाउन खोजिएको निर्देशक साम्तेन भुटियाले बताएका छन् । 

बुधबार फिल्ममा युनिटले चलचित्रको बिषयमा जानकारी गराउन आयोजना गरेको एक कार्यक्रममा भुटियाले सो जानकारी दिएका हुन् । उनले भने ‘मनोविज्ञानमा आधारित फिल्मले एक परिवारको कथा देखाएको छ ।’

फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविण खतिवडा, रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । फिल्ममा प्रियंका र अर्पणले श्रीमान् र श्रीमतीको भूमिका छन् । स्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिगपिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

– एउटा मान्छे जो आर्टिस्ट हो र सन्तुलित छ, उ असन्तुलित भएपछि उब्जिने अवस्थालाई फिल्मले चित्रण गरेको अभिनेता अपर्ण थापाले बताए ।
– एउटी हाउस वाइपÞmको भूमिका आफुले फिल्ममा निर्माण गरेको प्रियंकाले बताइन् । फिल्मले नजिकबाट जीवनको यथार्थलाई देखाउने प्रयाश गरेको प्रियंकाको भनाई रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप