बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘दाल भात तरकारी’को सकियो छायाँकन

बुधबार, २५ पुस २०७५, २० : १०
बुधबार, २५ पुस २०७५

काठमाडौं – महसञ्चारको ब्यानरमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ । ५१ औं दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए । ‘सोचेभन्दा सजिलोसँग फिल्मको छायाँकन सकियो’ कलाकार तथा सबै निर्माण टिमलाई धन्यवाद ।’ 

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, किरण केसी, शिवहरी पौडेल, विल्सन विक्रम राई, वर्षा राउत, राजाराम पौडेल, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुषाल लगायतको अभिनय फिल्ममा रहेको छ । 
प्रियंका कार्कीको आइटम गीत रहेको फिल्ममा हरिवंशकै कथा, पटकथा तथा संवाद छ । फिल्मलाई कलाकार किरण केसीका छोरा सुदनले निर्देशन गरेका हुन् । १३ बैशाख फिल्मको रिलिज मिति तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप