बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीको आवश्यकता छैन – अभिनेत्री सारा

शुक्रबार, १३ साउन २०७४, १३ : ५७
शुक्रबार, १३ साउन २०७४

सारा शेरपाली चलचित्र ‘रुद्र’की अभिनेत्री हुन् । आजबाट प्रदर्शनमा आएको ‘रुद्र’ उनको डेब्यु चलचित्र हो । यो प्रदर्शनमा नआउँदै उनले ‘पिंजडा ब्याक अगेन’ अर्काे चलचित्र अभिनय अवसरसमेत पाएकी छन् । पहिलो चलचित्रमै स्टार अभिनेता निखिलसँग रोमान्स गर्ने अवसर पाएकी उनी अर्काे चलचित्रमा पनि निखिलकै हिरोइन बन्दैछिन् । ‘रुद्र’ले आफुलाई अभिनेत्रीको रुपमा स्थापित गर्ने उनको विश्वास छ । ‘मिस टिन नेपाल २००८’की फष्टरनर अफ बिजेता उनले त्यसपछि मोडलिङमा सक्रिय रहेकी थिइन् । उनले अहिलेसम्म ४ म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । केही वर्ष पहिले अध्यायनको सिलसिलामा युके गएको बेलामा उनलाई म्युजिक भिडियो अभिनय अवसर मिलेको थियो । चार्टर एकाउन्टेन्ट बन्ने सपना मनमै गुम्साएर अभिनयमा होमिएकी सारासँग रातोपाटीका दश प्रश्न ।
 
डेब्यु चलचित्र ‘रुद्र’ आजबाट प्रदर्शनमा आएको छ । प्रतिक्रिया कस्तो आइरहेको छ ?
– केही दिन पहिले चलचित्रको प्रिमियर भएको थियो । प्रिमियरमा उपस्थित चलचित्रकर्मी, मिडियाकर्मी लगायतले मेरो भूमिका र अभिनयको खुलेरै तारिफ गरे । चलचित्रको सफलताका लागि चारैतिरबाट शुभकामना आइरहेका छन् । निकै उत्साहित छु ।

यति राम्री हुनुहुन्छ, तपाईंको सुन्दरताको सिक्रेट ?
– मेरो सौदर्यको पहिलो राज पानी भन्दा फरक पर्दैन । धेरै पानी खाने गरेकी छु । सौदर्यको लागि पानी महत्वपुर्ण छ । अन्य मेकअपमा नर्मल रुचाउछु । बाँहिर बिषेश कार्यक्रममा जानुपर्दा तयार हुन करिब १ घन्टासम्म पनि लाग्छ । मेकअपका पनि विदेशबाट आएको राम्रो ब्रान्डको सामान मात्र प्रयोग गर्छु ।

फिट एण्ड फाइन देखिनु हुन्छ ।
– यसको राज चाँही एक्सरसाइज हो । जिम त जाँदिन । घरमै दैनिक बिहान एक घन्टा पेटको एक्सरसाइज, पुसअप लगायत एक्सरसाइज गर्छु । मासु खान्न । फलफुलमा जोड दिन्छु । 

फेसनप्रति कति सजग हुनुहुन्छ ?
– मेरो एक मिल्ने साथी फेसन डिजाइनर हुन् । उनकै कारणले म फेसनका हरेक पक्षसँग अपडेट छु । रुचि पनि धेरै छ । बाहिर हिँड्नु पर्दा आफुलाई जे सजिलो लाग्छ । त्यो लगाउछु । परिवारले मलाई कुर्तामा नै राम्रो देखिन्छ भन्ने गरेका छन् । मलाई पनि मनपर्छ ।

शरीरको मन पर्ने अंग के हो ?
– नङ मनपर्छ । साथीहरुले पनि तेरो नङ राम्रो छ भन्छन् ।

सपना पनि होला नि ?
– चार्टर एकाउन्टेन बन्ने पहिलो सपना हो । यो बच्चै देखिको ड्रिम हो । अहिलेको भनने हो भने अभिनयमा राम्रो अभिनेत्री बन्ने छ । 

अभिनयको पहिलो कमाई के गर्नुभयो ?
पहिलो कमाई मोडलिङबाट भएको थियो । त्यो सबै आमालाई बुझाएँ ।

कस्तो पुरुष मनपर्छ ?
– मिहनेत गरेर काम गर्ने । काम प्रति लगनशिल रहने  र अरुको पेसालाई सम्मान गर्ने ।

प्रेममा हुनुहुन्छ ?
– छैन । प्रेमीको आवश्यकता पनि छैन, अहिले काममा मात्र आफुलाई फोकस गरिरहेकी छु । 

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– हलिउड चलचित्र ‘नोटबुक’का हिरो रायनसँग जाने इच्छा छ । रायनको चलचित्र हेर्ने गरेकी छु । उनको अभिनय र उनी धेरै मनपर्छ ।     
 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप