शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओपो एफनाइन जेड ग्रिन एडिसन नेपालमा, मूल्य ४१ हजार ५ सय

बुधबार, २५ पुस २०७५, १९ : ०४
बुधबार, २५ पुस २०७५

काठमाडौं– सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ ।

पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनको सफलता पश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । ओपोले एफनाइन जेड ग्रिन एडिसनको मूल्य ४१ हजार ५ सय ९० निर्धारण गरेको छ । 

‘एफनाइनले नेपाली बजारमा निकै ठूलो सफलता हात पारेको छ । हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेषगरी यूवा पुस्तालाई ध्यानमा राखि गरेका छौँ । हामी यूवा पुस्तासंग स्मार्टफोनको माध्यमबाट सम्बन्ध स्थापित गर्छौँ । तसर्थ डिजाइन हाम्रालागि निकै महत्वको विषय हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । 

जेड ग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स)लाई नै निरन्तर्ता दिइएको छ । यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ । प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परिक्षणमा भोक फ्ल्याश चार्जले, मात्र ५ मिनेटको चार्जमा सर्वाधिक लामो टकटाइम दिने प्रमाणित भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप