बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको निष्कर्षः वर्तमान सरकारमा सहभागि हुने अध्याय समाप्त भयो

शुक्रबार, १३ साउन २०७४, १३ : ४१
शुक्रबार, १३ साउन २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकार संविधान कायान्वयन गर्न र मधेस समस्या समाधान गर्न गम्भीर नभएको ठहर गरेको छ । 

शुक्रबार बसेको सो पार्टीको पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयनमा सरकार गम्भिर नभएकोमा चिन्ता ब्यक्त गर्दै  त्यसतर्फ सवैकोे ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 
राप्रपाले आफ्नो पार्टीले वर्तमान सरकारमा सहभागिता जनाउने भन्ने अध्याय समाप्त भएको निष्कर्ष पनि निकालेको छ । 
राप्रपाले सरकारमा जाने चाहना राख्दै आएको भएपनि बुधबारको मन्त्रिमण्डल विस्तारमा प्रम देउवाले सहभागि नगराएपछि आक्रोश व्यक्त गर्दै आएको छ ।  सोहि आक्रोशमा राप्रपाले सरकारमा जानका लागि वार्ता गर्न गठन गरेको  समिति नै भंग गरेको घोषणा गरेको थियो ।  


सरकारमा नलिइएपछि   बसेको पहिलो  पदाधिकारी बैठकले केन्द्रीय कार्य समितिबाट पारित भएका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । 

त्यसअन्र्तगत राप्रपाले हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियान संचालन गर्ने भएको छ । प्रदेश स्तरीय परिषद (अधिबेशन) भाद्र महिनाभित्र आयोजना गर्दै १ नं. प्रदेशको झापा, ३ नं. प्रदेशको हेटौंडा, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको नेपालगंज, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको कंचनपुरमा गर्ने निर्णय गरेको छ । 

२ नं. प्रदेशको अबिधेशन २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गर्ने राप्रपाले जनाएको छ । त्
यस्तै उसले विभिन्न तहमा प्रशिक्षण, मंसीर महिनाभित्र भातृ संगठनहरुको अधिबेशन,  गाउँ तथा नगरमा हिन्दुराष्ट्र पुर्नस्थापना जागरण सभा आयोजना गर्ने जनाएको छ । बैठकपछि प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा  सातै प्रदेशमा स्थानीय तहका अध्यक्षहरुको बैठक भाद्र महिनाभित्र आयोजना गरिने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप