शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग श्रृङ्खलाको सेल्फी

बुधबार, २५ पुस २०७५, १६ : ४८
बुधबार, २५ पुस २०७५

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषय प्रधानमन्त्री गम्भीर रहेको मिस नेपाल वर्ल्ड श्रृखला खतिवडाले बताएकी छन् । 

हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी श्रृङ्खलाले भेटमा प्रधामन्त्रीले आफूलाई निर्मलाको मुद्दा छिट्टै किनारा लगाउने आश्वासन दिएको बताएकी हुन् ।

भेटको सेल्फीसहित केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै उनले प्रधामन्त्री ओलीसँग केही महत्वपूर्ण विषयमा समेत छलफल भएको जनाएकी छन् । 

‘प्रधामन्त्रीले निर्मलाको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ’ उनले अगाडि लेखेकी छन् ‘मुद्दाको किनारा लगाउन सक्दो प्रयास गरिरहेको जानकारी समेत दिनुभयो ।’

भेटमा आफूले प्रधानमन्त्री ओलीलाई पर्यटन वर्ष २०२० को सफलताका लागि केही योजना समेत सुनाएको जनाएकी छन् । 

श्रृङ्खला चीनमा आयोजित मिस वर्ल्डमा सहभागी भएर केही पहिले मात्र स्वदेश फर्किएकी हुन् । उक्त प्रतियोगीतामा आफूलाई उत्कृष्ट १२ भित्र पार्दै २ महत्वपूर्ण अवार्ड समेत नेपाल भित्र्याएकी थिइन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप