शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनलाइनवाटै पढ्न इ–ज्ञानकुञ्जको सुरुवात

शुक्रबार, १३ साउन २०७४, १३ : ३६
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–नेपालमा पहिलो पटक अनलाईन मार्फत विभिन्न सिपमुलक अध्ययनका लागि ई—ज्ञानकुञ्जको सुरुवात भएको छ । ट्रान्स न्यूरोन टेक्नोलोजी बेङ्लोरको सहकार्यमा ई—ज्ञानकुञ्ज इडियु सिस्टम प्रालीले नेपालमा यसको सुरुवात गरेको हो । 


ट्रान्स न्यूरोन टेक्नोलोजी बेङ्लोरका संस्थापक प्रमुख कार्यकारी अधिकत शिवम् शर्मा र ई—ज्ञानकुञ्ज इडियु सिस्टमका प्रमुख कार्यकारी अधिकृत सुवोध त्रिपाठीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 


ई—ज्ञानकुञ्ज अनलाईनमार्फत विभिन्न कोर्षहरु पढाउने अनलाईन प्लेटफर्म हो । जसमार्फत विद्यार्थीले जुनसुकै बेला जुनसुकै स्थानबाट अध्ययन गर्न पाउने तथा प्राक्टिकल समेत गर्न सक्ने जनाइएको छ । यसैगरी यस प्लेटफर्ममार्फत नै विश्वविद्यालय, कलेजले आफ्नो कोर्ष संचालन गर्न सक्ने र कम्पनीले आफुलाई आवश्यक दक्ष जनशक्ति समेत खोज्न सक्ने जनाइएको छ । 


भारतमा विश्वविद्यालको कोर्षदेखि सिपमुलक पठाइ र आफनो करियर विकासका लागि आवश्यक सिप सिक्न लोकप्रिय भइरहेको अनलाईन प्लेटफर्म नेपालमा समेत आवश्यक भएकाले यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ । 


‘यो प्लेटफर्मबाट कलेज, विश्वविद्यालयका साथै कर्पोरेट हाउसका लागि समेत उपयोगी छ’ ट्रान्स न्यूरोन टेक्नोलोजी सिइओ शर्माले भने, ‘यसमार्फत विभिन्न कोर्षको अध्यापन गराउनका साथै कम्पनीहरुलाई कर्मचारीको लागि तालिम र उपयुक्त कम्पनी खोज्न समेत छिटो र सजिलो हुन्छ ।’ 


भारतमा यो प्लटफर्ममा ५० हजार विद्यार्थीहरुले विभिन्न कोर्ष पढिरहेका छन् । यसैगरी ५० भन्दाबढी कलेजका साथै आइवीएम, सिएससीलगायतका ५ सय भन्दाबढी कम्पनीले कर्मचारी छनोट गर्न र तालिम दिन यो प्लटफर्म प्रयोग गरिरहेको शर्माले जानकारी दिए । 


यसैगरी टेलिकम सेन्टर सिल्क काउन्सिल अफ इन्डिया र आन्ध्र प्रदेश तथा कर्नाटक राज्य सरकारले समेत यो प्लटफर्म प्रयोग गरिरहेको छ । 


ट्रान्स न्यूरोन टेक्नोलोजीसँगको सहकार्यमा नेपालीका लागि आइटीसम्बन्धी विभिन्न कोर्ष सुरु गरिएको प्लटफर्ममार्फत अध्ययन गर्ने नेपाली विद्यार्थीले भारतिय कम्पनीमा इन्टरशिप जागीरको अवसर समेत प्राप्त हुने ई—ज्ञानकुञ्ज सिइओ सुवोध त्रिपाठीले बताए ।

कम्पनीले यसै वर्ष नेपाली विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा अन्तिम वर्षका १० जना विद्यार्थी छनोट गरी अनलाईन प्लटफर्ममार्फत अध्ययन गराइ उनीहरुलाई भारतिय कम्पनीमा इन्टरशिप÷जागिरको अवसर दिने वा नेपालमै इनोभेटिभ विजनेश सुरु गर्न चाहेमा समेत भारतिय कम्पनीबाट लगानीको सहकार्यका गर्ने अवसर दिलाउने उनले घोषणा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप