शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

अनुपम खेरसहित १४ जना विरुद्ध अदालतले दियो एफआईआरको आदेश

बुधबार, २५ पुस २०७५, १३ : १६
बुधबार, २५ पुस २०७५

फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ का कारण अभिनेता अनुपम खेरको समस्या बढेको छ । याचिकामाथि सुनुवाई गर्दै बिहारको एक अदालतले अनुपमलगायत अन्य १३ जनाविरुद्ध एफआईआर दर्ता गराउने आदेश दियो । अनुपमले फिल्ममा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको भूमिका निभाएका छन् । फिल्मको ट्रेलर रिलिज भएपछि फिल्म विवादमा तानिएको छ ।

गुगल, युट्युबबाट ट्रेलर हटाउने मागः

दिल्ली हाइकोर्टमा पनि ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ विरुद्ध याचिका दर्ता गरियो । यसमा ट्रेलरले आइपीसीको धारा ४१६ को उल्लंघन गरेको बताइएको छ । यसअनुसार कुनै जीवित व्यक्तिजस्तै देखिने अर्का व्यक्ति बनाउने अनुमती छैन । ट्रेलरलाई गुगल, युट्युब र इन्टरनेटबाट हटाउने माग गरिएको छ ।

अदालतले दिल्लीकी फेशन डिजाइनर पूजा महाजनको याचिका सोमबार हाइकोर्टले खारेज गरेका थियो । जस्टिस विभु बखरुले उनलाई डिभिजनल बेन्चमा जनहित याचिका लगाउने सल्लाह दिएका थिए ।

ट्रेलरमा मनमोहनको जीवनमा उतार–चढावः

फिल्म मनमोहन सिंहमा आधारित छ । ट्रेलरमा उनी प्रधानमन्त्री भएपछि जिन्दगीमा आएको उतारचढाव देखाइएको छ । सोनिया गान्धीको भूमिका जर्मन नायिका सुजेन बर्नेट र राहुलको भूमिकामा अर्जुन माथुर देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप