बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सार्वजनिक जग्गा मिच्न टोखाका जनप्रतिनिधीको होडवाजी

शुक्रबार, १३ साउन २०७४, १३ : ०८
शुक्रबार, १३ साउन २०७४


काठमाडौँ – स्थानीय तहको चुनाव प्रचारका क्रममा टोखा नगरपालिकाका अधिंकास उम्मेदवारको पहिलो नारा थियो–‘टोखाको सार्वजनिक जग्गाको संरक्षण गर्ने ।’ टोखामा अत्याधिक सार्वजनिक जग्गा भएका कारण उनीहरुले सार्वजनिक जग्गा संरक्षणलाई पहिलो चुनावी मुद्दा बनाए र चुनाव पनि जिते । तर चुनाव जितेपछि जनप्रतिनिधीहरु अहिले १ सय ८० डिग्री फन्को मार्दै सार्वजनिक जग्गा मिच्नेलाई सघाउन सक्रिय बनेको स्थानीयको आरोप छ ।  


टोखा नगरपालिकाको वडा नं. ७ मा २०२२ सालको नापीमा कित्ता नं. १५ मा रहेको ९ आनाको जग्गा अहिले हालसाविक गर्दा २६७ र २६८ किता नम्बर बनाइएको छ । यो जग्गाको छेउमा २ आना ३ पैसा ३ दाम क्षेत्रफल सार्वजनिक जग्गामा बाटो रहेको थियो । अहिले त्यो बाटो टोखा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नरोक्तम राना र मेयर प्रकाश अधिकारी सहितको संलग्नतामा गायव बनाइएको छ । टोखाका मेयर अधिकारीका जग्गा कारोवार गर्ने पार्टनर ईश्वरी अधिकारीले उक्त सार्वजनिक जग्गा आफ्नो नाममा हत्याउन सफल भएका हुन् । यसरी सार्वजनिक जग्गाको संरक्षण गर्छु भन्दै चुनाव जितेका जनप्रतिनिधीले नै सार्वजनिक जग्गा मिच्न सहयोग गरेपछि टोखाबासी अचम्ममा परेका छन् । 


जग्गा तथा प्लटिङ व्यवसायी ईश्वरी आधिकारीलाई सार्वजनिक जग्गा मिच्न वडा अध्यक्ष नरोक्तम रानाले खुलेरै सहयोग गरेको स्थानीय बताँउछन् । सार्वजनिक जग्गा मिच्ने काम बढ्न थालेपछि स्थानीयहरु जनप्रतिनिधीहरुको कामको बिरोध गर्न थालेका हुन् । 

को हुन् नरोत्तम राना ?


टोखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष समेत रहेका नरोत्तम राना आफै पनि जग्गा व्यवसायी रहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए । राना आफैँले पनि सार्वजनिक जग्गा मिचेको स्थानीयले आरोप लगाएका छन् । धापासीको मासुचोकस्थित तिलिङटार हाइट जाने बाटोमा रानाले ३ रोपनी भन्दा बढी सार्वजनिक जग्गा मिचेको आरोप छ ।


टोखा नगरपालिकाको वडा नं. ५ मा अत्यधिक सार्वजनिक जग्गा रहेको त्यहाँ पनि जग्गा मिचिने क्रम रहेको स्थानीय बताउँछन् । वडा नं. ५ का वडा अध्यक्ष जगन्नाथ ढकाल पनि जग्गा व्यवसायी भएका कारण सार्वजनिक जग्गा सुरक्षित नहुनेमा स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । टोखामा यसअघि पनि सार्वजनिक जग्गा नमिचिएको भने होइन् । तत्कालीन गाविस सचिव ऋषीराम अर्यालले भूमाफियाको प्रभावमा परेर सार्वजनिक जग्गा हडप्ने अभियान शूरु गरेको स्थानीयको आरोप छ । 

नगरपालिकाको खण्डन 
यसैबिच रातोपाटी डटकममा साउन १० गते प्रकाशित मेयरकै मिलेमतोमा जग्गा कारोवारीले जग्गा मिचे शीर्षकको समाचारलाई टोखा नगरपालिकाले खण्डन गरेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका प्रगति टोल बस्ने ईश्वरी अधिकारीले मालपोत कार्यालय टोखामा दर्ता श्रेस्ता कायम भएको सिट नं.१०२–०९४५–२४  कि.नं. १५ र १६ को जग्गा संरक्षण गर्न र त्यसमा आवासिय भवन बनाउन लागेको उल्लेख गरेका छन् । साथै उनले स्थलगत अध्ययन बिना दिग्भ्रमित गराउने समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट समेत गरेका छन् ।  

स्थानीयले उपलब्ध गराए दुई नक्सा   
टोखा नगरप्रमुखले उनका साथी समेत रहेका इश्वरी अधिकारीले सार्वजनिक जग्गा मिचेको गलत हो भनेका त छैनन तर घुमाउरो रुपमा जग्गा संरक्षण र त्यसमा आवासीय भवन बनाँउन लागेको उल्लेख गरेका छन् । यसैबिच रातोपाटी डटकमलाई स्थानीयले २०२२ सालको नक्सा र हालसाविक भएको जग्गाको नक्सा उपलब्ध गराएका छन् । दुबै नक्सामा जग्गा छेउ बाटो समेत देखिएको छ । हेर्नुहोस दुई नक्सा :


२०२२ सालको नापी नक्सा


अहिले हाल साबिक गरिएको नक्सा


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप