मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

म घरघर गएर दुध र पत्रिका बेच्थें तर आज बलिउडका दिग्गज कलाकार मेरो इशारामा नाच्छन्

बुधबार, २५ पुस २०७५, १२ : ३०
बुधबार, २५ पुस २०७५

असफलता अरु होइन, कुनै काम सुरु गर्ने एउटा नयाँ अवसर हो, त्यो पनि पहिलेको भन्दा उत्कृष्ट अनुभव र थप विवेकसहित । जीवनमा धेरैपटक अवसर कठिन श्रमको छद्म भेषमा अगाडि आउँछन् तर मानिसहरुले यसलाई पहिचान गर्न सक्दैनन् । आम मान्यता विपरित जीवन संघर्ष होइन, यो त संयोग र मौकाको सम्मिश्रण हो । अवसरले धेरैपटक हाम्रो ढोका ढक्ढकाउँछ, हामीले नै त्यसलाई देख्न वा समात्न सक्दैनौं ।

मानिसहरुको सफलतमा उनीहरु को हुन् र कस्ता दक्षता राख्छन् भन्ने कुराले महत्व राख्दैन । उनीहरुले जीवनमा के बन्ने अठोट गरे त्यो महत्वपूर्ण हो । आज हामी तपाईं इमरान सईद नामका एक व्यक्तिबारे जानकारी दिँदैछौं जसले शून्यबाट सुरुवात गरेर आफ्नै बलबुतामा आफ्नो साम्राज्य खडा गरे । उनले बलिउडमा कोरियोग्राफरको रुपमा ठूला कलाकारसँग काम गर्दै आफ्नो विशेष स्थान बनाउन सफल भएका छन् ।

मुम्बईको बाहिरी इलाका डोम्बिवलीमा इमरान हुर्किए । उनको वाल्यकाल सहज थिएन र उनले ती सुविधा पनि पाएनन् जो बालबालिकाले आफ्नो बाल्यवस्थामा पाउनुपर्छ । उनको बुवा एक डुङ्गामा काम गर्दथे, काम स्थायी नभएका कारण उनको परिवारले अत्यधिक आर्थिक समस्या झेल्नुपर्यो । उनकी आमाले बालबालिकालाई कुरान पढाउँथिन् ।

इमरानले केनफोलिओजसँगको साक्षात्कारमा भने, ‘एक समयमा मेरो बुवाको काम नै थिएन । म र मेरो भाइ मिलेर घरको आर्थिक जिम्मेवारी सम्हाल्यौं । हाम्रो पहिलो काम घरघरमा पत्रिका पुर्याउनु थियो । त्यसपछि हामीले घर–घर गएर दुध पनि बेच्यौं । त्यतिबेला हामी स्कूलमा पढाउँथ्यौं ।’

इमरान हरेक दिन चार बजे उठ्थे, घर–घरमा दुध पुर्याउँथे र त्यसपछि पत्रिका पुर्याउन जान्थे । त्यसपछि उनी एक टुर र ट्राभल कम्पनीमा रिसेप्सनिष्टको रुपमा काम गर्न थाले । उनी अर्नाल्ड स्च्वार्जनेगगर, माइकल ज्याक्सन र ब्रुस लीलाई आइडल मान्छन् ।

इमरानलाई मार्शल आर्टस्मा पनि विशेष रुची थियो र उनी एक फुटबल खेलाडी पनि थिए । कलेजमा उनले डान्स सुरु गरे । उनी भन्छन्, ‘मेरो बुवा मैले डान्स गरेको मन पराउनुहुन्न थियो । म प्रतियोगितामा भाग लिनका लागि घरबाट लुकेर जाने गर्थे । मेरी आमा तटस्थ थिइन् र प्रतियोगितामा भाग लिँदा कहिले केही भनिनन् ।’

इमरान डान्स गरेरै आफ्नो गुजारा गर्न चाहन्थे । उनले थुप्रै कार्यक्रम र फिल्मका लागि अडिशन दिन सुरु गरे । उनी कसैलाई पनि नभनी अडिसनमा जान्थे । उनलाई ‘कभी खुसी कभी गम’ फिल्मका लागि छानिएन र यसबाट पाठ सिकेर उनले वर्षौंसम्म कडा मेहनत गरे । त्यसपछि उनले पहिलो पटक ‘मे हुँ ना’ मा काम पाए । त्यसपछि उनले कहिले पनि पछाडि फर्किएर हेर्नुपरेन ।

बिस्तारै सबैकुरा व्यवस्थित हुनथाल्यो र चाँडै नै इमरान सहायक कोरियोग्राफर बने । आइफा र फिल्म फेयरबाट बलिउड फिल्मसम्म उनी तीब्र गतिमा अघि बढे । उनले ठूल्ठूला सेलिब्रिटी जस्तै ऋतिक रोशन, कट्रिना कैफ, सलमान खानसँग मञ्च साझा गरे । उनले दीपिका पादुकोण र अमिताभ बच्चासँग एड फिल्म पनि गरिन् ।

यी सबैले इमरानलाई अघि बढ्न प्रेरित गर्यो । आफ्नो खाली समयमा इमरान किताब पढ्छन् र खाना पकाउँछन् । उनले इमरान सईद इन्टरटेन्मेन्ट नामको एउटा कम्पनीको पनि स्थापना गरेका छन् । यसमा उनको एउटा प्रोडक्सन कम्पनी पनि छ र एउटा डान्सिङ राइट नामको एप पनि छ ।

उनी भन्छन्, ‘मैले जीवनमा परिवर्तन देखेको छु । जसले पहिला मेरो अपमान गर्दथे र मलाई जथाभावी भनेर मलाई निच देखाउँथे, आज उनीहरु मेरो प्रशंसा गरेर थाक्दैनन् ।’

इमरान जसले पनि डान्स गर्न सक्ने र कसैले पनि गलत डान्स गर्न नसक्ने मान्यता राख्छन् । उनी डान्सका स्टेपलाई निकै सहज तरिकाले सिकाउँछन् । उनले प्रयाग नामबाट एउटा एनजिओको सुरुवात गरेका छन् जसमार्फत् उनी पिछडिएका वर्गका बच्चाहरुलाई ती सबै सुविधा एवं अवसर दिन्छन् जुन उनीहरुलाई आवश्यक छ ।

इमरान केही रियालिटी शोमा जजको रुपमा पनि संलग्न छन् र अहिले बेकिंग र डान्सिङसँग सम्बन्धित डिजिटल प्लेटफर्म आधारित एक वेब सिरिजसँग जोडिएकी छिन् ।

इमरान भन्छन्, ‘जीवन अवसरले भरिएको छ । यदि म आज यहाँ पुग्न सकेको छु भने जो पनि पुग्नसक्छ । मेरो जीवनमा ठूलो परिवर्तन आयो किनभने म यस्तै चाहन्थें । हामीले यो महसुस गर्नुपर्छ कि कुनै एउटा मौकाले पनि हामीलाई हाम्रो सपनासँग भेटाइदिन सक्छ, चाहे त्यो सपना जतिसुकै ठूलो र असम्भव नै किन नलागोस् ।’ इमरान हरेक व्यक्तिले कुनै स्वार्थ बिना नै आफूले सक्दो अरुको मद्दत गर्नुपर्ने मान्यता राख्छन् ।

इमरान लाखौंमध्ये एक व्यक्ति हुन् जसले विभिन्न विपरित परिस्थितीमाथि विजय हाँसिल गरेका छन् । उनले आफ्नो रुचीलाई आफ्नो जीवन र आफ्नो काममा खोजे । उनी ती हरेक व्यक्तिका लागि प्रेरणाका स्रोत हुन् जो जीवनको रणभूमिमा केही पाउनका लागि संघर्षरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप