बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तिर्थाटनबाट आज स्वदेश फर्कदै केपी ओली

शुक्रबार, १३ साउन २०७४, १३ : १२
शुक्रबार, १३ साउन २०७४

काठमाडौ– तिर्थ यात्राका लागि तिव्वत गएका एमाले अध्यक्ष केपी ओली आज स्वदेश फर्कदैछन् । निजी भ्रमणमा मानोसरोबरको यात्रामा अध्यक्ष ओली आज एकसातापछि स्वदेश फर्किन लागेका हुन् । उनी एयर चाइनाको विमानबाट स्वदेश फर्कदै छन् । 


धार्मिक भ्रमणमा मात्र भनिएपनि ओलीले तिब्तमा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेता र सरकारी अधिकारीहरुसँग समेत भेटबार्ता गरेको उनका निजि सचिव अनिस दाहालले बताए ।ओलीले तिब्वतमा चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरी लुसाङ जियाङसुलगायतका नेताहरुसँंग भेटबार्ता गर्दै दुई देशको हितका बारेमा कुरा भएको दाहलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप