बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३० केजी चरेशसहित तीन जना पक्राउ

बुधबार, २५ पुस २०७५, ११ : ३८
बुधबार, २५ पुस २०७५

काठमाडौं– बाँके जिल्लाको कोहलपुर नगरपालिका–९ बाट ३० केजी चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यानको कुभिन्डेदह नगरपालिका–८ स्थायी घर भएका कालिमान बुढा, सुर्खेतको गुर्बाकोट नगरपालिका–१ बस्ने बुद्ध बहादुर रजाली र रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ स्थायी घर भएका बल बहादुर बुढा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कोलपुर र ५ नं. प्रदेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार साँझ तिन जना चरेश कारोबारीलाई फक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

कोलहपुर नगरपालिका–९ स्थित कौशिल्य मेमेरियल हस्पिटल अगाडी मुख्य राजमार्ग बाट पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ३० केजी चरेश बरामद गरेको छ ।

चरेश कारोबारीहरु बारे थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप