‘पुरानो बुलेट’ को हङकङमा पहिलो प्रिमियर
काठमाडौं – पछिल्लो समय केही फिल्मका प्रिमियर स्वदेश भन्दा पहिले विदेशमा हुने गरेका छन् । यही बाटोमा देखिएको छ अनुपविक्रम शाही अभिनित फिलम पनि ‘पुरानो बुलेट’ पनि ।
१ चैत्रबाट प्रदर्शनमा आउने यो फिल्म २३ फेब्रुअरीमा हङकङको याउमातेई स्थित कम्युनिटी हलमा प्रिमियर गरिनेछ ।
भीषण राईको निर्देशक रहेको फिल्म ’हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रिमिएर गर्न लागेको हो ।
हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा क्रियासिल अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’को प्रिमियर जिम्मा लिएका हुन् ।
फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ ।
सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा