बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१६ वर्षे वैवाहिक सम्बन्ध तोडेका फरहान अख्तर यसै वर्ष दोस्रो विवाह गर्दै, इन्जेगमेन्ट गोप्य तरिकाले गरिसके

बुधबार, २५ पुस २०७५, १० : ४५
बुधबार, २५ पुस २०७५

बलिउड स्टार फरहान अख्तरले आफ्नो १६ वर्षे वैवाहिक सम्बन्ध तोडेपछि कथित प्रेमिका शिवानी दांडेकरसँग यसै वर्ष विवाह गर्ने तयारीमा छन् ।

यसबारे भारतीय समाचर पोर्टल डिएनएले बताएको हो । खबरका अनुसार दुबैले यसवर्षको मार्च वा अप्रिलमा विवाह गर्नेछन् । स्रोतका अनुसार दुबैले गोप्य रुपमा इन्गेजमेन्टसमेत गरिरसकेका छन् ।

फरहान अख्तरका नजिकका आफन्तले यी दुई आफ्नो सम्बन्धबारे निकै गम्भीर भएको र फरहानका छोरीहरु पनि शिवानीसँग निकै घुलमिल भइसकेको जानकारी दिएका छन् ।

स्मरण रहोस्, यो फरहानको दोस्रो विवाह हो । उनले अधुना बभानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेका थिए ।

फरहानमात्रै होइनन्, उनकी श्रीमती अधुनाले पनि आफ्नो ५० औं वर्षगाँठमा एउटा कविता लेखेर आफ्ना नयाँ प्रेमीबारे जानकारी दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप