शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पित्तलको देखाएर सुन लुटपाट गर्ने गिरोह सक्रिय

शुक्रबार, १३ साउन २०७४, १२ : ५२
शुक्रबार, १३ साउन २०७४

 तनहुँ– तनहुँ सदरमुकाम दमौली आसपासमा नम्बरी सुन भन्दै पित्तलको सिक्का देखाएर सक्कली सुन लुटपाट गर्ने गिरोह सक्रिय हुन थालेका छन् । विगत केहि दिनदेखि दमौली बजार तथा आसपासका क्षेत्र र गाउँ बस्तीमा अपरिचित महिला तथा पुरुषले गाउँघरमा नक्कली सुनका टिल विस्कुट तथा सिक्का देखाएर ठगी गरिरहेको पाईएको ईलाका प्रहरी कार्यालय तनहुँका सई मनोज पाण्डेले बताए ।

 यस्तै लुटपाटको चपेटामा व्यास नगरपालिका वडा नं १ निवासी  ६८ बर्षिया शिवमाया थापा क्षेत्री परेकी छन् । थापा क्षेत्री यहि साउन ९ गते सोमबार दिउँसो करिव ११ बजेको समयमा मालपोत कार्यालय अगाडिबाट लुटिएको खुलासा भएको छ । जग्गा पास गर्न कान्छा छोरा दीपक वडा कार्यालयमा सिफारिस लिन गएको र आमालाई मालपोत अगाडि गएर बस्न भने पछि शिवमाया मालपोत अगाडि गएर बसेकी थिइन् ।

होटल अगाडि बसीरहेकी शिवमायालाई एक्कासी अपरिचित दुई पुरुष र एक महिला आएर ‘आमा यता आउनु त केहि काम छ’ भनि बोलाएका थिए । त्यसैक्रममा एक जनाले पित्तलको टुक्रा फ्याँकेको जस्तो गरी अर्को एक जनाले टिपेर भागेलगत्तै फेरी अर्को व्यक्ति आएर मेरो सामान खसेको थियो पाउनु भयो भन्दै नौटंकी गरेको पीडित शिवमायाले बताइन् । 


उनका अनुसार त्यतिकैमा महिलाले ललाइफकाई शौचालय पुर्याएर आफुले लगाएको गहना लुिटएको थियो । घटनालगत्तै पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

आफुले  कानमा लगाएको एक तोलाको रिङ र घाँटीमा लगाएको लकेट सहितको सिक्री लुटिएको पीडित थापा क्षेत्रीले सुनाइन् ।  
यता,  पित्तललाई सुनजस्तै बनाएर मानिसहरुमा भ्रम सिर्जना गराई सक्कली सुनका गरगहना लुट्ने गिरोहको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सई मनोज पाण्डेले जानकारी दिए । यस्ता व्यक्तिहरुको शंका लागेमा तत्काल प्रहरीमा खबर गर्नका लागी सर्वसाधारणहरुमा प्रहरीले आग्रह समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप