शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व संकलन २६ प्रतिशतले वृद्धि

शुक्रबार, १३ साउन २०७४, १२ : ५३
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–आर्थिक वर्ष २०७३÷०७४ मा राजश्व संकलन २६ प्रतिशतले वृद्धि भएको छ । असार महिनासम्मको राजस्व संकलनको लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रहेकोमा २ खर्व ५८ अर्व १७ करोड ४९ लाख ८५ हजार रुपैयाँ संकलन भएको हो । 
यो लक्ष्यको तुलनामा १११ प्रतिशतको प्रगति भएको ाजश्व विभागले जनाएको छ । यो गत वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १ खर्व ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर  ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ ४७ अर्व २१ करोड ५४ लाख २३ हजार संकलन भएको छ । 
यो लक्ष्यको तुलनामा आयकर तर्फ ११६ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत रहेको जनाइएको छ । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ७३ करोड ९७ लाख २५ हजार र ८६ करोड ३३ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । 
शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३÷७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको जनाएको छ ।
 आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखलाई निर्देशन दिदैं वितेको आर्थिक बर्षमा चुनौतिपूर्ण लक्ष्य पूरा भएको बताए । कर प्रशासनले परिश्रमका साथ काम गरेकै कारण लक्ष्य पूरा गर्न सफल भएको उनको भानइ छ । 
चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य पनि चुनौतिपूर्ण रहेको उनको भनाइ छ । विभागलाई चालु आर्थिक बर्षका लागि करिव ३ सय अर्व राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप