लोकसेवा आयोगले भर्ना खुलायो, नायव सुब्बा पदमा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
बुधबार, २५ पुस २०७५, ०८ : २१
१
काठमाडौं–लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ ।
खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षाा क्रमशः बैशाख ७ र ८ गते हुनेछ ।
आयोगले निकालेको विज्ञापनसम्बन्धी सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
-
‘टिकटक बेच्ने कुनै योजना छैन’
-
‘डाबर नेपालले क्षमता विस्तारमा अर्बौं लगानी गर्दैछ’