बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिजः  ‘प्रेम गीत २’ र ‘रुद्र’

शुक्रबार, १३ साउन २०७४, १२ : ४२
शुक्रबार, १३ साउन २०७४

काठमाडौं –आज शुक्रबारबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘प्रेम गीत २’ र ‘रुद्र’ । फकर फरक कथा बोकेको यी दुई चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ब्यवसाहिक लाभ उठाउने दुबै चलचित्रका निर्माताले दाबी गर्दै आएका छन् । 

‘प्रेम गीत २’ यो चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको रोमान्स रहेको छ । यी दुईको रोमान्समा भिलेन भने सन्तोस सेन बनेका छन् । सेन चलचित्रका निर्माता पनि हुन् । सेनको यो डेब्यु चलचित्र हो ।
ब्यापक प्रचार प्रसार गरिएको चलचित्र यो चलचित्रको केही दिनको टिकट अग्रिम बुकिङ समेत भएको छ । चलचित्रले शुक्रबारको बिहानी सोमा निकै दर्शक पाएको बितरक गोबिन्द शाहीले बताए । शुक्रबार र शनिबार चलचित्र सबै हलमा हाउस फुल हुने देखिएको गोकिन्दको भनाई रहेको छ ।
रामशरण पाठक निर्देशित चलचित्र बर्मा, थाइल्याण्ड र नेपालका महँगा मानिएका सुटिङ लोकेसमान छायाँकन गरिएको छ । अभिनेत्री अश्लेषाले भने यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । पहिलो चलचित्रबाटै उनलाई सम्भावना बोकेर आएकी अभिनेत्रीको रुपमा लिन थालिएको छ । 
‘रुन्द्र’ 
अभिनेता निखिल उप्रेतीले निर्माण गरेको चलचित्र हो यो । रामजी लामिछानेको निर्देशन रहेको यो चलचित्र निखिलसँगै साराको पनि अभिनय रहेको छ । सारा यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । निर्देशक रामजीले करिब दर्जन चलचित्र निर्देशन गरेका छन् । तर उनको हिट चलचित्र कुनै पनि छैन । निखिल उप्रेती प्रोडक्सनको व्यानरमा बनेको यो चलचित्रमा निखिलको साउथ स्टालको एक्सन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप