शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङको दशैं योजनाः बिदेश जाने अवसर

शुक्रबार, १३ साउन २०७४, १२ : ३६
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–सामसुङ इलेक्ट्रोनिक्सले ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना ल्याएको छ । 
दशैंमा बिदेशमा रहेकालाई स्वदेश आउन नपाए विदेशमै आफन्तसँग दशैं मनाउन यो योजना प्रस्तुत गरेको जनाइएको छ । साउन ८ गतेदेखि साउन ३० गतेसम्म यो योजना लागू हुने कम्पनीले जनाएको छ । 
योजना अवधिभर सामसुङ आउटलेटबाट कुनै पनि सामसुङ स्मार्ट फोन खरिद गर्नु पर्ने जनाइएको छ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने र त्यो फारममा आवश्यक विवरण भरी ‘बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ’ भन्ने आफ्नो मनको कथा लेख्नुपर्ने जनाएको छ । आवश्यक विवरण र कथा लेखिसके पछि योजना अवधि भित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्ने कम्पनीले जनाएको छ । 
प्राप्तभएका कथा मध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले ४ दिन ३ रातको मलेसिया, कतार, साउदी अरेबिया, युएइवा दक्षिण कोरियामा गई आफ्नासँग सँगै दशैं मनाउने अवसर पाउने जनाइएको छ । योजना समाप्त भएको ७ दिनपछि भदौ ५ गते नजिता प्रकाशित गरिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप