शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए युके महिला संयोजकमा सेलिङको उम्मेदवारी घोषणा

शुक्रबार, १३ साउन २०७४, १२ : ३६
शुक्रबार, १३ साउन २०७४

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) युके महिला संयोजकमा कवि तथा गीतकार लीला सेलिङ माबोले उम्मेदवारी घोषणा गरेकी छन् । 
समाजसेवीसमेत रहेकी माबोले लन्डनमा रहेको फेलथाममा पत्रकार सम्मेलन गरी आगामी सेप्टेम्बरमा हुने एनआएनए युके महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
एनआरएनए युके च्यारिटी विभागमा रहेर काम गरिसकेकी उनले महिला संयोजकमा निर्वाचित भए प्रवासमा रहेका नेपाली महिलाले भोग्नुपरेको विविध समस्याविरुद्ध अभियान सञ्चालन गर्ने योजना सुनाइन् । उनले नेपालका ग्रामीण भेगमा बसोबास गर्ने महिलाका स्वास्थ्य सुधारको काम गर्ने योजना अघि सारेकी छन् ।
साइकोलोजी एन्ड क्रिमिनोलोजीमा स्नातकोत्तर डेन्टल नर्सका रूपमा परिचित उनको ‘लाहुरेनी पीडा’ नामक कवितासंग्रह सार्वजनिक छ । लिम्बू तथा नेपाली भाषाका आधा दर्जन गीत रेकर्ड गराइसकेकी उनी सुन–चाँदी व्यवसायी पनि  हुन् । 
किरात याक्थुङ चुम्लुङ युके उपाध्यक्ष लीला सेलिङ माबोले आधा दर्जन बढी संघ–संस्थामा काम गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप