शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ औं डाबर स्पेशल तीज महोत्सव हुने

शुक्रबार, १३ साउन २०७४, १२ : २५
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–महिला श्रृजनशील केन्द्रद्धारा डिइसीसी नेपाल प्रालीको ब्यवस्थापनमा १६ औँ पटक डाबर स्पेशल तिज महोत्सव आयोजना हुने भएको छ । तिजको अवसर पारेर आगामी साउन २० देखि २५ गतेसम्म त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तिज महोत्सव हुने जनाइएको छ । 


महोत्सवमा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्ने र महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गरिने जनाइएको छ । महोत्सव महिला उद्यमीका लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभव एक आपसमा बाँड्ने प्रमुख थलो भएको जनाइएको छ । 


महोत्सवमा मुख्य प्रायोजन डाबरले गरेको छ भने सपोर्टसमा रोथो, सीताराम दुध, सीताराम ध्यू, एन्टिबी, भिएलसिसी, टिभएस्, मनकामना केबलकार, सनराइज बैंक, मङ्गलदीप, यूडब्लु टिसी, बराह ज्वेर्लस, ओम गोल्ड हाउस छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप