शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सको दोहा उडान संख्या थपियो

शुक्रबार, १३ साउन २०७४, १२ : १८
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–दोहाको बढ्दो मागलाई ध्यानमा राख्दै हिमालय एयरलाइन्स्ले साउन १९ गतेदेखि कतारको दोहामा हप्ताको थप दुई उडान भर्ने भएको छ । कम्पनीले मंगलबार र बिहीबार उडान भर्ने र भदौ १७ गतेबाट थप चार उडान गरी हप्ताको ११ उडान पु¥याउने जनाएको छ ।


थप उडान मंगलबार, बिहीबार, शनिबार र आइतबार हुने एयरलाइन्सले जनाएको छ । थप उडान आगामी कात्र्तिक ११ गते सम्म रहने जनाइएको छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ उडा भरि कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान भरि साँझ २०ः५०मा काठमाडौं अवतरण गर्ने कम्पनीले जनाएको छ । 


दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रुलाई सेवा प्रदान गर्न लागेको कम्पनीका भाइस प्रेसिडेन्ट प्रशासन विजय श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप