शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ सय मात्रै तलब भएकी नीताले यस्ता शर्तमा विहे गरेकी थिइन् मुकेश अम्बानीसँग

मङ्गलबार, २४ पुस २०७५, ११ : २६
मङ्गलबार, २४ पुस २०७५

एजेन्सी – विश्वमा धनि व्यक्तिहरुको जीवन र जीवनशैली सबैको चासोको विषय हो । मानिसहरु उनीहरुको बारेमा जानकारी राखिरहन्छन् । यससँगै धनि र प्रशिद्ध व्यक्तिहरुको रहनसहन र जीनव जिउने कला  अरु सामान्य मानिसको लागि प्रेरणा पनि बन्न सक्छ । र, यसकारण पनि उनीहरु चर्चामा हुन्छन् । संसारमा यस्ता धेरै व्यक्तित्वहरु छन् जसलाई मानिसहरु विभिन्न माध्यमबाट पछ्याइरहन्छन् । 

यसमध्ये एसियाका धनि व्यक्तिको सूचिमा रहेका मुकेश अम्बानीको जीनवका बारेमा पनि मानिसहरु जान्न उत्सुक रहन्छन् । उनी सँगसँगै उनकी श्रीमती नीता अम्बानी पनि सफल व्यवसायी महिला र सुन्दरताका कारण चर्चित छिन् । 

उनी दैनिक जीवनशैली, महँगो चिया, व्यायाम , पहिरन र नृत्यका कारण सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चाको विषय बन्ने गर्छिन् भने मुकेश अम्बानी रिलायन्स कम्पनीसँगै आलिसान महल, कार, निजी विमान र सम्पत्तिका कारण चर्चामा छन् । तर कमलाई मात्र थाहा छ यी दुईको वैवाहिक जीवनको बारेमा । उनीहरुको कसरी भेट भयो ? विवाहको प्रस्ताव कसरी आयो ? साथै, विहेअघि नीता के गर्थिन् त ? 

 धीरु भाईको रोजाईमा नीता 

भनिन्छ, जोडी भगवानले स्वर्गबाट नै बनाएर पठाएका हुन्छन् । नीता र मुकेशको जोडी पनि यस्तै छ । सामान्य परिवारमा जन्मिएकी नीतालाई धीरु भाईले बुहारी बनाउने प्रस्ताव गरेको प्रशंग निकै रोचक छ । रिलायन्स कम्पनीका संस्थापक धीरु भाई अम्बानी आफैले बिन्डला ग्रुपद्वारा आयोजना गरिएको कार्यक्रममा पहिलो पटक नीतालाई देखेका थिए ।  नीताका पिता उक्त कम्पनीमा कार्यरत थिए ।  कार्यक्रममा नीताको प्रस्तुतीले प्रभावित भएका अम्बानीले नीतालाई बुहारी बनाउने बारेमा सोचिसकेका थिए । र उनले कार्यक्रमको अन्तिममा नीताका पिताको नम्बर लिएर आफै उनीहरुलाई सम्पर्क गरेका थिए । 

धीरु भाईको प्रस्ताव नीतालाई लाग्यो मजाक 


रिलायन्स कम्पनीका संस्थापकले आफूजस्तो सामान्य परिवारकी युवतीलाई विवाहको प्रस्ताव राख्दा सुरुमा नीतालाई मजाक जस्तै लागेको थियो तर धीरु भाईले नम्बरको माध्यमबाट नीताको परिवारमा विवाहको प्रस्तावको बारेमा सल्लाह गरे । घरमा कुराकानी भएपछि उनी अम्बानीको घर गइन् । उनी अम्बानीको घर पुग्दा मुकेश अम्बानीले ढोका खोले । बारम्बार पिताबाट नीताको बारेमा सुनेका मुकेशले पहिलो पटकमै उनलाई चिनें । केहिबेरको कुराकानीपछि उनीहरुको अर्को भेटघाट तय भयो । 

मुकेशसँग विवाह गर्नुअघि नीताका शर्त 

पहिलो भेटघाटपछि नीता र मुकेशको भेटघाट बाक्लियो । एक अर्कालाई मन  पराउन थाले । र, मुकेशले नीतासँग विवाहको प्रस्ताव राखे । तर, नीताले विवाह गर्नुअघि शर्त राखिन् । नीता विहेअघि एउटा सामान्य स्कुलमा बालबालिकालाई पढाउँथिन् । जहाँ उनको तवब मात्रै ८ सय थियो । र बिहेपछि पनि उनी उक्त कामलाई निरन्तरता दिन चाहान्थिन् किनकी उनलाई पढाउने सोख थियो । साथै, उनी आफ्नो पढाईलाई निरन्तरता दिन चाहान्थिन् । उनले विहेपछि सबैभन्दा धनि घरकी बुहारी बनेपनि सामान्य जीवन जिउन पाउनुपर्ने र उनले गरिरहेको नोकरी नछोड्ने आफ्नो इच्छा रहेको बताइन् । उनको शर्तलाई मुकेश अम्बानीले सहर्ष स्वीकार गरे । अन्ततः उनीहरुको विवाह भयो । अहिले नीता पनि सफल व्यवसायीका रुपमा परिचित छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप