बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘चौका दाउ’ हेर्न बालबालिकालाई अभिभावक चाहिने

मङ्गलबार, २४ पुस २०७५, १० : ५७
मङ्गलबार, २४ पुस २०७५

काठमाडौं – लिजेन्ड्री संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको फिल्म ‘चौका दाउ’ सेन्सर पास भएको छ ।

केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरि पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म २७ पुषबाट देशव्यापी रिलिज हुँदैछ । फिल्म पूणेन्दू झाको निर्देशनमा तयार भएको हो । 

फिल्मका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय फिल्ममा  छ ।

दीर्घ गुरुङको छायाँकन, मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन रहेको फिल्ममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत छ ।
अभिमन्यू निरवीको लेखेका रहेको फिल्मलाई विके फिल्म्स्ले काठमाडौं र एफडीले मोफसलमा बितरण गर्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप