यहाँ पुरुषले गर्नैपर्छ दोस्रो विवाह, श्रीमतीले रोकटोक गरे जन्मकैद
हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जी अनुसार विवाह गर्दथे । सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर अचम्मको कुरा के छ भने एउटा देश यस्तो पनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ ।
अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती नराखे उनीहरुविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ ।
यस्तो अचम्मको कानून लागू गर्न कारण पनि छ । इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम छ । यसको मुख्य कारण सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्धका कारण हो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो ।
इरिट्रियाको सरकारले दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमती पनि गरेको छ ।
पुरुषले दुई विवाह गर्नुपर्ने कानूनका साथै महिलाका लागि पनि एउटा कडा कानून बनाइएको छ । उक्त कानून अनुसार यदि कुनै महिलाले आफ्नो श्रीमान्को दोस्रो विवाहमा कुनै रोकटोक वा समस्या पैदा गर्ने कोसिस गरिन् भने उनलाई पनि जन्मकैदको सजाय हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा