शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु अत्याचार’

शुक्रबार, १३ साउन २०७४, १२ : १२
शुक्रबार, १३ साउन २०७४

मलेशियाली संसदका एक सदस्यले महिलाले श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु ‘मानसिक र भावनात्मक अत्याचार’ भएको बताएका छन् ।

सत्तारुढ गठबन्धका सांसद चे मोहम्मद जुक्लिफ्ली जुसोले घरेलु हिंसामाथि देशको संसदमा चलिरहेको एक बहसको क्रममा सो कुरा बताएका हुन् ।

मलेसियामा यतिबेला घरेलु हिंसासँग सम्बन्धित अहिलेको कानूनमा संशोधनको विषयमा बहस चलिरहेको छ ।

यी ५८ वर्षीय सांसदले श्रीमतीले श्रीमानसँग यौनसम्बन्ध स्थापित गर्न अस्विकार गर्नु शारिरिकभन्दा पनि मानसिक अत्याचार भएको बताएका छन् ।

उनले भने, ‘पुरुष शारिरिक रुपमा महिलाभन्दा बढि शक्तिशाली हुन्छन् भनिए पनि यस्ता समय पनि आउँछन् जब श्रीमतीले उनीहरुलाई नराम्रोसँग प्रताडित गर्ने गर्दछन् ।’

घरेलु हिंसा विरुद्ध कानूनः

सांसद भन्छन्, ‘धेरैजसो श्रीमती आफ्ना श्रीमानलाई गाली गर्छन् । यो इमोशनल अत्याचार हो । उनीहरु आफ्नो श्रीमानलाई घृणा गर्दछन् र उनीहरुको यौनइच्छा पूरा गर्न अस्विकार गर्दछन् । यी सबै मानसिक र भावनात्मक अत्याचार हो ।’

चे को यस्तो भनाईमा मलेसियामा आलोचना पनि भइरहेको छ । उनको आलोचकमा महिला अधिकार कार्यकर्ता र मलेसियाका पूर्व प्रधानमन्त्री महातिर मोहम्मदकी छोरी मारिना महातिर पनि छिन् ।

उनले भनिन्, ‘यो पुरानो मान्यता हो कि यदि तपाईं कुनै महिलासँग विवाह गर्नुहुन्छ भने तपाईं उनको शरिरको मालिक बन्नुहुन्छ । महिलाले सेक्सलाई अस्विकार गर्ने अधिकार छ । सेक्सलाई अस्विकार गर्दा पुरुषमाथि अत्याचार हुने कुराको कुनै तुक छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप