बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा जिल्ला समन्वय समितिको चुनावका लागि कार्यतालिका सार्वजनिक

शुक्रबार, १३ साउन २०७४, १२ : ११
शुक्रबार, १३ साउन २०७४

दार्चुला– दार्चुला जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।


पहिलो जिल्ला सभामा भएको सहमति अनुसार प्रमुख, उप्रमुख, एक–एक जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सदस्य १ जना, खुला सदस्य ३ जना रहने गरी ९ सदस्यीय समिति गठन गर्न कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले जानकारी दिए । 


तालिका अनुसार साउन १९ गते मतदाता नामावलीमा प्रकाशन गर्ने, २० गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, र सोहि दिन संसोधित मतदाता नामावली प्रकाशन गर्ने रहेको छ ।

त्यस्तै २२ गते मतदाताको विरोधमा उजुरी दिने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, २५ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गरिने छ भने २९ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

साढे चार लाख रुपैयाँ जरिवाना असुल्न बाँकी
दार्चुला– जिल्ला अदालत दार्चुलाको गत आर्थिक वर्षको जरिवाना बापतको ४ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ असुली हुन बाँकी रहेको छ ।


गत वर्ष जरिवानातर्फ ४ लाख ९३ हजार ७ सय ८५ रुपैयाँ रहेको थियो भने जिम्मेवारी सरेर आएको ९ लाख ३० हजार २५ रुपैयाँ रहेको थियो । दुवै जोड्दा १४ लाख २३ हजार ८ सय १० रुपैयाँ अशुल गर्न बाँकी रहेकोमा गत आर्थिक वर्षमा ९ लाख ७५ हजार ३ सय ५५ रुपैयाँ अशुली भएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार भीमप्रसाद भुषालले जानकारी दिए । यस्तै कैदतर्फ कुल २ सय ९ वर्ष ६ महिना २२ दिन रहेकोमा ८२ वर्ष ६ महिना ८ दिन फछ्र्यौट गरिएको छ भने यस आर्थिक वर्षको लागि १ सय २७ वर्ष १४ दिन जिम्मेवारी सरेर आएको भुषालको भनाई छ । 


जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षमा गत बर्षको कैदबाट १४ वर्ष र नयाँ कायम हुने लगत पूरै फछ्र्यौट गर्ने लक्ष्य राखिएको भुषालले बताए । जरिवानातर्फ पूरानो ४४ हजार ८ सय ४५ र नयाँ कायम हुने पुरै जरिवाना लगत फछ्र्याैट गरीने लक्ष्य रहेको छ ।


यसैगरी जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षमा ७२ थान मुद्धा दर्ता हुने अनुमान गरेको छ । जसमा गत आर्थिक वर्षको २३ थान जिम्मेवारी सरि आएको छ । अदालतले फुटकर निवेदन ७ थान पर्ने अनुमान सहित मुद्धाको संख्या यस आर्थिक वर्षमा १ सय २ थान पुग्ने अनुमान गरिएको श्रेस्तादार भुषालले बताए । 
जसमा फछ्र्यौटतर्फ दर्ता मुद्धा ७१ थान र ६ थान फुटकर निवेदन गरी ७७ थान मुद्धा फछ्र्यौट हुने लक्ष्य निर्धारण गरिएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप