बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोज्ने २ जना पक्राउ

सोमबार, २३ पुस २०७५, १९ : २९
सोमबार, २३ पुस २०७५

भक्तपुर– महानगरिय प्रहरी परिसर भक्तपुरले बैंकको एटिएम मेशिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले एटिएम मेसिन फोरेर चोरी गर्न खोज्ने काभ्रे तेमाल गाउँपालिका–२ घरभई हाल बनेपा बस्ने बर्ष ३९ वर्षीय रमेश पाण्डे र सूर्यबिनायक बस्ने बर्ष २६ का दिनेश सुकुभुटुलाई पक्राउ गरेको हो । 

उनीहरुले गत बुधबार राती करिब ९ बजेको समय भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित सानिमा बैकंको एटिएम मेसिन फोरी चोरी गर्न खोजेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले बताए । 

बैंकले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा सोमबार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सूर्यविनायकबाट नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्य भईरहेको समेत प्रनाउ पोखरेलले जानकारी दिएका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप