२५ वर्षमै जीएम

person access_timeसाउन १३, २०७४ chat_bubble_outline0

२५ वर्ष । भन्ने नै हो भने परिपक्व उमेर होइन । तर, अवसरले जोकोहीलाई परिपक्व बनाउँछ । त्यही अवसरले मनीषा ढकाललाई परिपक्व बनाएको हो । ढकालले डेढ वर्षदेखि काठमाडौं मध्येबानेश्वरमा रहेको भेनस अस्पतालको जीएमको भूमिका निर्वाह गर्दै आएकी छन् । 


जीएमको सहायक भएर अस्पताल प्रवेश गरेकी उनी हिजोआज जीएमको कुर्सीमा विराजमान छिन् । जीएमले राजीनामा दिएपछि उनले त्यो भूमिका पाएकी थिइन् । भेनस पुगेका जोकोहीलाई पहिलोपटक देख्दा उनी जीएम हुन् भनेर पत्याउन गाह्रो पर्छ । भन्छिन्, ‘कतिपय सेवाग्राही त मलाई देखेर सक हुन्छन् ।’
पब्लिक हेल्थमा स्नातक उनलाई सुरुसुरुमा ‘कन्फिडेन्ट’ थिएन । धेरै कुरा बुझ्दिनथिन् । ‘मेडिकल नलेज’ अहिले पनि त्यति धेरै थाहा छैन । तर, उनी प्रशासनिक कामबारे जानकार छिन् । पढेको विषय व्यवहारमा उतार्दै छिन् । तसर्थ, काम गर्न सजिलो भएको हो ।


जीएम भएपछि ‘कन्फिडेन्ट लेभल’ बढेको छ । एकताका युएनको गाडीमा गुड्ने सपना देखेकी उनले यो उमेरमा जीएमको भूमिका निर्वाह गर्न पाउँदा ‘प्राउड फिल’ गरेकी छन् । जीएम ढकालले प्रस्ट्याइन्, ‘एज होइन, काम हेर्ने हो ।’ 


जीएम सापको सफलतामा बुवा र परिवारको साथसहयोगसँग जोडिएको छ । सफलताको अर्को मेरुदण्ड रोट्र्याक क्लब हो । उनले त्यहाँ धेरै कुरा सिकिन् । सफलता हासिल गर्न अवसर चाहिन्छ । उनलाई अवसरले सफलताको सिँढी चढ्न सघायो । उनका साथीहरू एनजीओ÷आईएनजीओमा सम्बद्ध छन् । साथीहरूले जीएमसाप, म्याडम भनेर पदीय दायित्वको सम्मान गर्दा उनी स्वाभाविक ठान्छिन् । 

कार्यालयबाट घर फर्केपछि बेलुका दुई घन्टा बुवासँग छलफल गर्छिन् । आइपरेको समस्या समाधान गर्ने उपाय सोध्छिन् । आफूसम्बद्ध संस्था सफल बनाउने उपाय खोजी गर्छिन् । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामालाई ‘फलो’ गर्छिन् । ओबामाको भाषण सुन्छिन् । जसले उनलाई प्रतिबद्ध भएर काम गर्न जाँगरिलो बनाउँछ । 


कहिलेकाहीं बिदा लिएर साथीहरूको कार्यालय पुग्छिन् । केही समयअघि साता दिनको बिदा लिएर साथीहरूको कार्यालयमा पुगिन् । साथीहरूले काम कसरी गर्दारहेछन् भनेर नजिकबाट ‘वाच’ गर्छिन् । साथीहरूले सम्बन्धित कार्यालय कसरी ‘ह्यान्डल’ गरेका छन् ? व्यवस्थापन पक्ष कस्तो छ भनेर गम्भीर भएर मूल्यांकन गरिन् । उनले गर्वसाथ सुनाइन्, ‘म साथीहरूबाट सिक्छु । साथीहरूले पनि मबाट सिक्लान् । सिक्ने र सिकाउने कामले निरन्तरता पाएको छ ।’


कार्यालयबाट घर फर्केपछि बेलुका दुई घन्टा बुवासँग छलफल गर्छिन् । आइपरेको समस्या समाधान गर्ने उपाय सोध्छिन् । आफूसम्बद्ध संस्था सफल बनाउने उपाय खोजी गर्छिन् । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामालाई ‘फलो’ गर्छिन् । ओबामाको भाषण सुन्छिन् । जसले उनलाई प्रतिबद्ध भएर काम गर्न जाँगरिलो बनाउँछ । 


त्यतिमात्र होइन, सम्बन्धित जीएम सफल बन्न कामकाजी ‘टिम’ चाहिन्छ भनेर भेउ पाएकी छन् । उनको स्वीकारोक्ति छ, ‘टिम राम्रो हुनुपर्छ । इमानदार र कामकाजी टिमविना एक्लैले काम गर्न सकिँदैन । एक्लो प्रयासले लामो यात्रा गर्न सकिँदैन ।’


इमानदार र कामकाजी समूहले जीएम मनीषा ढकालको कार्यकाल सफल बन्दै गएको छ । जीएम ढकाल भेनस अस्पतालको हाकिममात्रै होइन, आफूलाई कारिन्दा पनि ठान्छिन् । हाकिम र कारिन्दाबीच दूरी राखेकी छैनन् । त्यही भएर उनी सफल छिन् । ‘म हाकिम होइन,’ उनको महान्ता झल्कियो, ‘हाकिममात्र बन्न खोजे धेरै काम गर्न सकिँदैन ।’ 

‘मैले तिमीलाई स्पेस दिने हो,’ ड्याडीले सुझाएको गुरुमन्त्र सम्झँदै उनले सुनाइन्, ‘बाँकी आफैं गर ।’ ड्याडीले सुझाएको सुझाव गुरुमन्त्र ठान्दै उनी अघि बढ्दै छिन् । सफल मानिस बन्ने प्रयत्नरत छिन् ।


जीएमको लोभलाग्दो प्रगति देखेर परिवारमात्रै होइन, इष्टमित्र, शुभचिन्तक त्यत्तिकै खुसी छन् । दुई विषयमा स्नातकोत्तर गर्दै गरेकी उनले भेनसलाई काठमाडौंबाहिर लैजाने योजना बुन्दै छिन् । उनी प्रतिबद्ध छिन्, ‘अबको पाँच वर्षमा भेनसलाई गोरखा जिल्ला लैजाने योजना बनाएकी छु । त्यहाँको भेनसमा काम गर्ने काठमाडौंबाट होइन, गोरखामै उत्पादन गर्ने हो ।’ काठमाडौंमा त अस्पताल नै अस्पताल छन् । सिटामोल सेवन गर्न नपाउने ठाउँमा भेनस पुर्याउने उनको इन्द्रेणी सपना साकार भए धेरैको जीवन रक्षा हुनेछ । 


अस्पताल भनेको मानिसको जीवनसँग खेलिरहने ठाउँ हो । खेल कहिले सफल हुन्छ । कहिले असफल । त्यतिबेला बिरामीका आफन्त ‘एग्रेसिभ’ हुनु अस्वाभाविक होइन । त्यस्तो अवस्थामा समस्या समाधान कसरी गर्ने ? ‘समस्या समाधान गर्नुमात्रै ठूलो कुरा होइन । समस्या नबढाउनु पनि त समाधान हो नि,’ ड्याडीले सुझाएको उपाय सुनाउँदै उनले भनिन्, ‘कुनै पनि समस्या समाधान गर्न सक्दिनौ भने धैर्य गरेर सुन । निर्णय गर्ने बेला विवेक लगाऊ ।’ हो, उनी त्यसै गर्छिन् । ‘अन्डर स्टिमेट’ गर्नेसँग ‘ट्याकल’ कसरी गर्नुपर्छ भन्ने उनलाई थाहा छ । 


उपचारका लागि अस्पताल पुग्नु जोकोहीको एउटै उद्देश्य हो । तर, सबैको उद्देश्य पूरा हुँदैन । ‘अघिल्लो दिन इङ्गेजमेन्ट भएको एक बिरामी पेटमा सामान्य गडबडी भएपछि भनेस भर्ना भए,’ जीएम मनीषा ढकाल अतीत सम्झँदै एकाएक भावुक भइन्, ‘सोचमग्न भएँ । उनको फ्ययुर वाइफले के सोचिहोलिन् । घर फर्केपछि बेस्सरी रोएँ । त्यतिबेला भेनस नजाने भने पनि पछि सामान्य अवस्थामा फर्कें ।’


‘मैले तिमीलाई स्पेस दिने हो,’ ड्याडीले सुझाएको गुरुमन्त्र सम्झँदै उनले सुनाइन्, ‘बाँकी आफैं गर ।’ ड्याडीले सुझाएको सुझाव गुरुमन्त्र ठान्दै उनी अघि बढ्दै छिन् । सफल मानिस बन्ने प्रयत्नरत छिन् ।

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ