लियो क्लबको सम्मेलन सम्पन्न
सोमबार, २३ पुस २०७५, १७ : २१
कञ्चनपुर– लियो जिल्ला परिषद ३२५ बी २ नेपालको सम्मेलन महेन्द्रनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न जिल्लाका क्लब सदस्यहरुको उपस्तिति थियो ।
बैठकको उद्घाटन सुदूर पश्चिम प्रदेशका उद्योग वन, वातावरण तथा पर्यटन राज्य मन्त्री प्रकाश रावलले गरेका थिए । कार्यक्रममा वरिष्ठ शिक्षाविद् तथा समाजसेवी डा भोजराज पन्तले सबै लियो सदस्यहरुलाइ स्वागत गर्दै प्रशिक्षित पनि गरे ।
कार्यक्रममा मेयरद्वय सुरेन्द्र विष्ट र अशोक कुमार चन्द थिए भने मुख्य वक्ता प्रा डा हेमराज पन्त थिए । कार्यक्रममा लियो तथा लायन्स क्लबका सदस्य र नेतृत्वकर्तालगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक धिरज जोशीले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता लियो जिल्ला परिषद ३२५ बि २ नेपालका अध्यक्ष लियो तारा प्रसाद गुरागाँइले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण