बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारले खोले जीवनको सबैभन्दा ठूलो राज, बाल्यकालमा भएका थिए यौनहिंसाको शिकार

शुक्रबार, १३ साउन २०७४, ११ : १५
शुक्रबार, १३ साउन २०७४

बलिउड नायक अक्षय कुमार आफ्नो एक्शन र कमेडीको परफेक्ट टाइमिङका लागि परिचित छन् । सधैं मुस्कुराइरहेको जस्तो देखिने अक्षयको बाल्यकालको एक घटनाले उनलाई आज पनि डर पैदा गर्ने उनी बताउँछन् । मानव तस्करमाथि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा अक्षयले बाल्यकालमा आफू यौनहिंसाको शिकार भइसकेको बताए ।

डीएनएको एक खबर अनुसार अक्षयले आफ्नो बाल्यवस्थामा एक लिफ्टम्यानले उनलाई नराम्रो तरिकाले छोएको बताए । अक्षय आफ्ना आमा–बुवासँग खुलेर कुराकानी गर्न सक्ने भएकाले उनले यो कुरा बताएका थिए । पछि थाहा भयो कि ती व्यक्ति यस्तै अन्य मुद्दाका कारण पक्राउ परे ।

अक्षयले भने, ‘देशमा यस्तो प्रकारको घटना बढिरहेको छ । बच्चासँग जब केही गलत हुन्छ तब उनीहरु आफ्नो घरमा कसैसँग पनि यसबारे कुरा गर्न सक्दैनन् । यस्तोमा सबैभन्दा महत्वपूर्ण कुरा अभिभावकले आफ्नो सन्तानलाइ यी कुराबारे सचेत हुन र यसबारे आवाज उठाउन सिकाउनुपर्छ ।’

अक्षयका अनसार बच्चालाई यौनहिंसाजस्ता कुराबारे थाहा हुनुपर्छ जसका कारण उनीहरुमाथि केही गलत हुनबाट रोक्न सकियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप