शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब लालूलाई कसले बचाउँला ?

शुक्रबार, १३ साउन २०७४, ११ : १०
शुक्रबार, १३ साउन २०७४

उर्मिलेश


उत्तर प्रदेश । बिहारमा लालूप्रसाद यादवको राजनीतिक–भविष्यको अन्त्यको अड्कल र भविष्यवाणी कयौँपटक भइसकेको छ । र, फेरि गरिँदैछ ।


नगरुन् पनि कसरी, लालू यस समय राजनीतिक जीवनको सबैभन्दा खराब समयबाट गुज्रिरहेका छन् । राज्यमा एक शानदार जनादेशबाट बनेको उनको महागठबन्धनको सरकार रातारात ढलिसकेको छ र सरकारका मुख्यमन्त्री नीतीश कुमारले उनको घोर–विरोधी भाजपासँग मिलेर नयाँ सरकार बनाइसकेका छन् ।
महागठबन्धन सरकारमा उपमुख्यमन्त्री रहेका उनका छोरा तेजस्वी सत्ताबाट सडकमा आइपुगेका छन् । संकटको दोस्रो र सबैभन्दा गम्भीर पक्ष भनेको यसपटक लालू मात्र होइन, उनको परिवारका प्रायः सबै प्रमुख सदस्य कुनै न कुनै भ्रष्टाचारको आरोपमा फँसेका छन् ।


तेजस्वीसहित कयौँ परिवारजनमाथि आयभन्दा अधिक सम्पत्ति थुपारेको आरोपमा मुद्दा दायर भइसकेको छ । सीबीआई तथा अन्य एजेन्सीहरुको अनुसन्धान जारी रहेको छ ।

अब लालूको भविष्य के ?


यस्तो संकट र चुनौतीबाट घेरिएका लालू प्रसाद यादवसँग अब पहिलेजस्तो राजनीतिक तेजस्विता पनि बचेको छैन जसले उनलाई नब्बेको दशकमा सामाजिक न्यायका एक ‘हेभिवेट’ नेताको रुपमा स्थापित गरेको थियो ।


उनीसँग त्यो प्रभामण्डल पनि छैन । यस्तोमा के उनी ती राजनीतिज्ञ, टिप्पणीकार र भविष्यवक्ताहरुलाई आफ्नो अस्तित्वप्रति आश्वस्त पार्न सक्छन्, जो उनको राजनीतिक–शोकगीत लेख्न हतारोमा देखिएका छन् ?


बिहार राजनीतिका धेरै जसो विशेषज्ञहरुलाई लागिरहेको छ कि लालूको राजनीति खत्तम गर्न केन्द्रको भाजपा सरकारको अभियानलाई नीतीशकुमारको समर्थन प्राप्त भएको छ, यस्तो लालूलाई टिक्न अब अप्ठ्यारो हुन्छ ।

निराधार छैनन् भ्रष्टाचारका आरोप

लालू प्रसाद र उनका परिवारका केही सदस्यहरुमाथि लागेको सबै आरोप निराधार छैनन् । अन्तर यति मात्र हो कि यस्ता धेरै आरोपको चपेटामा सत्ताधारी दलका नेताहरु पनि आउनसक्नेछन्, यदी उनको पनि धेराबन्दी केन्द्रीय वा राज्य एजेन्सीहरुले त्यही तरिकाले गर्ने छन् जसरी उनीहरु यतिबेला विपक्षी नेताहरुलाई गरिरहेका छन् ।


माक्र्सवादी कम्युनिष्ट पार्टीसँग सम्बन्धित दुई मुख्यमन्त्री मानिक सरकार (त्रिपुरा) र पिनरई विजयन लगायत केहीलाई छाडेर देशका सबै प्रमुख विपक्षी नेताहरुको विरुद्धमा कुनै न कुनै न्यायालय वा केन्द्रीय एजेन्सीमा भ्रष्टाचारको गम्भीर मामिला दर्ज रहेको छ ।


पछिल्ला तीन वर्षमा यो सिलसिला तीव्र बनेको छ । बिहारमा भइरहेको तीव्र गतिको घटनाक्रमबाट एउटा प्रश्न उठ्न जायज हो, के हो लालूको राजनीतिक भविष्य ?’

भाजपालाई फाइदा


नीतीशको अगुवाइमा बनेको नयाँ सरकारको दौराना भाजपालाई सबैभन्दा बढी फाइदा हुनेछ । सरकारमा भाजपा फर्केपछि संघलाई बिहारमा एकपटक फेरि संगठन विस्तार गर्न मौका मिलेको छ ।


शपथग्रहणका दौरान राजभवनमा र बिहारका विभिन्न जिल्लामा लागिरहेको हिन्दुत्व ब्राण्डको नाराबाट पनि यसको संकेत पाउन सकिन्छ ।


पछिल्ला चार वर्षबाट भाजपा विहारको सत्ताबाट बाहिर रहेको थियो । केन्द्रको सत्ताको बावजूद उसलाई राज्यमा संगठन विस्तार गर्न एकपछि अर्को समस्या आइरहेको थियो । अब भने उसको बाटो खुला भएको छ ।


सरकार गठनसँगै जद (यू) को विभाजनको सिलसिला शुरु भएको देखिन्छ । उसका लागि शुरुवाती संकेत राम्रो छैन । कुनै आश्चर्य हुने छैन, जाद(यू) को विहारमा त्यही हाल हुनेछ जुन गोवामा भाजपाका लागि राजनीतिक स्पेस बनाउने उसको गठबन्धको सबैभन्दा ठूलो पार्टी महाराष्ट्रवादी गोमान्तक पार्टीको भएको थियो ।

तर, लालूको स्थान लिन सजिलो छैन


दोस्रोतर्फ लालू एउटा यस्तो क्षेत्रीय पार्टीको नेतृत्व गर्छन्, जोसँग न कोही थिंकट्यांक छन्, न कुनै ठूलो कर्पोरेट वा मूलधार मिडियाको समर्थन । प्रशासनिक कामकाजको उसको रेकर्ड पनि त्यति राम्रो छैन ।


उनको राजनीतिक नौटंकी कुनै समय मानिसहरुलाई रोचक लाग्थ्यो । तर, समयसँगै त्यो पनि कम भएको छ ।


उनका एक छोरा र छोरी राजनीतिमा छन् । तर उनीहरुमा हाल ठूलो नेतामा हुनुपर्ने गुण देखिएको छैन । तेजस्वीमा केही सम्भावना देखिए पनि उनी सानो उमेरमा नै विवादमा फँसिसकेका छन् ।


यसकारण लालूको राजनीतिक भविष्य प्रश्नहरुले घेरिनु स्वभाविक नै हो । तर, विहारको समाज र राजनीतिको तीन ठोस पक्ष यो संकेत दिन्छ कि लालू यदी अतितको आफ्नो गल्तीहरुबाट पाठक सिकेर अघि बढे पनि भने अप्ठ्यारोका बावजूद अहिले टिकिरहन सक्नेछन् ।


गल्तीबाट सिकून् लालू


यी तीन पक्ष हुन् – बिहारमा पीछडिएका जाती र अल्पसंख्यकबीच नयाँ स्वीकार्य नेतृत्वको जन्म नहुनु, हिन्दुत्वको आक्रमकताको दौरमा धर्मनिरपेक्ष व्यक्तिको गोलबद्ध हुनु र जद (यू) को सम्भावित विभाजन या फूट ।

यी तीन राजनीतिक पक्षले राजद–काँग्रेस गठबन्धलाई नयाँ धरातल दिन सक्नेछ । तर, लालूले आफ्नो वंशवादी आग्रहलाई कम गर्नुपर्ने हुन्छ । आफ्नो पार्टीका अन्य नेताहरुलाई पनि अघि बढाउनुपर्छ ।


रघुवंशप्रसाद सिंह, रामचन्द्र पूर्वे, अब्दुल बारी सिद्दीकी, मनोज झा र अन्य नेताहरुलाई अगाडि सारेर यदी लालू र तेजस्वी आफ्नो राजनीतिक सक्रियतालाई तीव्र बनाउँछन् भने अन्य राजनीतिक संगठनबाट उनको एकताको आधार बढ्नेछ ।


यदी लालू आफ्नो पूरा राजनीतिक शाखमा कायम रहने घमण्ड त्याग्दैनन् भने उनको राजनीतिक पतनलाई कसैले रोक्न सक्नेछैन । र, यसको सीधा फाइदा भाजपालाई हुनेछ ।


यतिबेला हिन्दुत्व पार्टीको एजेण्डा पीछडिएका समूदायमा जनाधार विस्तार गर्न प्रमुख विषय बनेको छ ।

(बिबिसीबाट अनुवाद)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप