सकियो ‘आरुशी’, नयाँ वर्षमा रिलिज
काठमाडौं – निर्देशक उदय सुब्बाको पछिल्लो चलचित्र ‘आरुशी’ छायांकन सकिएको छ । ३५ दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको हो ।
पूर्वको चैनपुर, ताप्लेजुङ, संखुवासभाको गुफा पोखरी, झापा, धनकुटा र इलाममा चलचित्रको छायाँकन गरिएको निर्देशक सुब्बाले बताए ।
त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र ‘आरुशी’मा रमा लिम्बु र इशक राईको मुख्य भुमिका रहेको छ । यी दुबै यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् ।
कला राइ, सुनिल थापा, दमन रुपाखेति, सुरबिर पण्डित, रामचन्द्र अधिकारी, भुपेन्द्र लिङदेन, उदय सुब्बा लगायतका कलाकारका समेत अभिनय रहेको चलचित्रमा बिकाश चौधरीको संगीत, कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफी, राजु किरातीको द्धन्द रहेको छ ।
सहारा प्रधान, बिरु गुरुङ र केशब कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेको यो फिल्म नयाँ बर्ष २०७६ को सुरुवातमै प्रदशर््नमा आउने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार