मनाङमा यर्तुङ्ग मेला शुरु
मनाङ- हिमालपारिको जिल्ला मनाङमा यर्तुङ्ग पर्व अर्थात् घोडाचडी पर्व शुरु भएको छ । बर्खाको याम सकिएपछि साउनको दोस्रो सातामा र खेती भित्र्याएपछि कात्तिक मसान्तदेखि मङ्सिरको शुरुमा 'ने' नामले मनाइने चलन छ ।
यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ । यो पर्व कम्तीमा ५ दिनसम्म निरन्तर रहन्छ । शुरुको दिनमा गाउँका सबैजना भेला भई आ–आफ्ना घोडा लिएर गुम्बा जान्छन् । गुम्बामा पूजापाठ सकेपछि घोडादौड शुरु गर्ने परम्परा रहिआएको छ । यसरी घोडा दौडाइँदा प्रथम हुने घोडा निकै महँगो मुल्यमा किनबेच हुने गर्दछ ।
यस पर्वमा मनाङवासी आफ्नो परम्परागत वेशभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यसरी पर्व मनाउँदा यहाँका मानिसमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने धार्मिक किंवदन्ती रहेको छ ।
यसको अर्काे पक्ष के छ भने गाउँमा काम सकेर फुर्सदको समयमा सबै भेला भई मनोरञ्जन गरी गाउँका गतिविधिका बारेमा छलफल गर्ने माध्यमका रुपमा पनि यो पर्व मनाइने प्रचलन रहेको पाइन्छ । यस समयमा जिल्लाबाहिर रहेका मनाङेहरुले पनि एक ठाउँमा भेला भई यर्तुङ मनाउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन