जलस्रोतको धनी देशमा खानेपानीको यस्तो हाहाकार ! (तस्बिरहरु)
सोमबार, २३ पुस २०७५, १३ : ०८
काठमाडौं–जलस्रोतको दोस्रो धनी देश नेपाल । तर, जलस्रोतका उचित व्यवस्थापन गर्न नसकिँदा जहाँतहीँ पानीको हाहाकार हुने गरेको छ । चाहे ग्रामिण क्षेत्रमा होस् या राजधानी उपत्यकामा नै किन नहोस्, पानीको समस्या विकराल छ ।
विशेष गरी हिँउदको समयमा राजधानीमा खानेपानीको पानीको समस्या बढी देखिन्छ । रातोपाटीकर्मी ललितपुरको गुसिङ्गालमा पुग्दा यस्तै अभावको एउटा तस्बिर देखिन्थ्यो ।
गुसिङ्गालस्थित राम मन्दिर नजिकै एउटा इनार छ । जहाँ आसपासका स्थानीय लुगा धुन तथा नुहाउनका लागि आउने गर्छन् । घरमा पानीको समस्या रहेको र इनारमा केही हदसम्म भएपनि पानी पाइने भएकाले आउने गरेको उनीहरुले प्रतिक्रिया दिए ।
इनारमा सधैं स्थानीयको भीड लाग्ने गर्छ । पालो नपाइने भएकाले कति त मध्यरातमा समेत पानी लिनका लागि त्यहाँ पुग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ