भारतलाई चीनको अर्को धम्कीः डोकलाममा भारत तेस्रो पार्टी, सेना नहटाए कश्मिरमा दखल दिनेछौं
सिक्किमको डोकलाम एरियामा जारी विवादको विषयमा चीनको सरकारी मिडियाले एकपटक पुनः भारतलाई धम्की दिएको छ । चीनियाँ मिडियाले भनेको छ, ‘डोकलाम मसला चीन–भूटान सीमामा विवाद छ । यसमा तेस्रो पार्टीको रुपमा भारतले हस्तक्षेप गर्ने के अधिकार छ ? नयाँ दिल्लीको तर्क अनुसार यदि यदि उनीहरुलाई यस्तो अधिकार छ भने यो निकै खतरनाक हुनेछ किनभने यदि कश्मिर मसलामा पाकिस्तानले अपिल गर्यो भने चीनियाँ सेना त्यहाँको विवादित क्षेत्रमा प्रवेश गर्नसक्छ जसमा भारतको अधिकार भएको कश्मिर पनि समावेश छ । गर्यो भने चीनियाँ सेना त्यहाँको विवादित क्षेत्रमा प्रवेश गर्नसक्छ जसमा भारतको अधिकार भएको कश्मिर पनि समावेश छ ।’
स्मरण रहोस् डोकलाम समस्याको समाधान निकाल्ने कोसिस जारी छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल बेइजिङमा छन् । बिहिबार उनले चीनका समकक्षी यांग जिआचीसँग भेटघाट गरे । डोभालले शुक्रबार चीनका राष्ट्रपति शी जिनपिंगसँग पनि भेटघाट गर्नेछन् ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले बिहिबार आफ्नो एक लेखमार्फत भारतलाई धम्की दिएको छ । झांग यीको यो लेखमा लेखिएको छ, ‘भूटानको तर्फबाट भारतसँग कुनै मद्दत मागिएको छैन तर भारत यो मुद्दामा आफ्नो अडान लिइरहेको छ ।’
पत्रिकाले लेखेको छ, ‘भूटान सरकारको तर्फबाट जारी जून २९ तारिखको बयानमा भारत सरकारसँग मद्दत मागेका कुरा कही कतै लेखिएको छैन । कूटनीतिक सूत्रका अनुसार भूटान सरकारलाई भारतको घुसपेठबारे पनि थाहा थिएन ।’
डोकलाममा ४२ दिनदेखि भारत र चीनका सैनिक आमनेसामने छन् । यो इलाका एक ट्राई जंक्शन (तीन देशको सीमा मिल्ने स्थान) हो । चीन यहाँ सडक बनाउन चाहन्छ तर भारत–भूटान यसको विरोध गरिरहेको छ ।
बिना शर्त पछि हट्न भारतद्वारा अस्विकारः
भारतले डोकलामबाट आफ्नो सेना बिना शर्त फिर्ता बोलाउने चीनको मागलाई अस्विकार गरेको छ । चीनको सरकारी पत्रिका पिपल्स डेलीका एक पत्रकारको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले भने, ‘हामीले डोकलाम मुद्दामा आफ्नो दृष्टिकोण र बाटो खोज्ने तरिकालाई चीनको अगाडि स्पष्ट पारेका छौं । सीमाको मुद्दासँग लड्नका लागि दुबै देशबिच पहिलेदेखि नै एक सिस्टम बनेको छ र अहिलेको विवादको विषयमा पनि हामीले त्यही दिशामा अघि बढ्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय समूदायले पनि समस्याको समाधान कुराकानीमार्फत गर्नुपर्छ भन्ने कुराको समर्थन गरेको छ । हामीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दृष्टिकोण स्पष्ट पारेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल