मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा पार्टीले खाडा गाउँ जलेको खुलासा

सोमबार, २३ पुस २०७५, १२ : ०४
सोमबार, २३ पुस २०७५

 बुटवल–कालीकोटको पलाँता गाउँपालिका वडानम्वर १ खाडा गाउँमा पुस ८ गते भीषण आगलागी हुँदा ३२ घर जलेर नष्ट भए । आगलागीको प्रमुख कारण भने मदिरापाटी रहेको खुलासा भएको छ । मदिरा पाटीमा सहभागीहरुले सल्काएको चुरोटको ठुटाबाट आगलागी भएको कालीकोटका प्रहरी प्रमुृख डिएसपी बिनोद शर्माले जानकारी दिए । 

‘त्यस दिन दिउँसो गाउँमा खानेपानी योजनाको ट्याङ्की शिलान्यास कार्यक्रम रहेछ ।त्यसै दिन बेलुका वडाध्यक्ष मानबहादुर भण्डारी र वडा सचिव बिष्णुकान्त प्याकुरेलगायत केही शिक्षक कर्मचारीहरुले मदिरा पार्टी गरेका थिए । मदिरासँगै चुरोटको ठुटोबाट सल्किएको आगोले घरहरु जलेर नष्ट भएको पाइयो’ डिएसपी शर्माले टेलिफोन सम्पर्कमा भने ।

गुपचुप राख्ने प्रयास 
सुरुमा आगलागिमा ८७ घर जलेर नष्ट भएका खबरहरु आएका थिए । तर, प्रहरीले अनुसन्धान गर्दा सो सङ्ख्या घटेको पाइएको हो । त्यतिमात्रै होइन, जनप्रतिनिधी, वडासचिव र शिक्षकहरु नै सहभागि मदिरा पार्टीले सिङ्गो गाउँ ध्वस्त हुँदा पनि उनीहरुले घटनाको यर्थाथ गुपचुप राख्न खोजेको आशंकासहित प्रहरीले अनुसन्धान अघि बढाएपछि वडा सचिव प्याकुरेल पक्राउ नै परेका छन् । ‘उनी पक्राउ परेपछिमात्रै प्रहरीले घटनाको यथार्थ थाहा पाएको हो’ डिएसपी शर्माले बताए ।

को हुन वडा सचिव प्याकुरेल ?
 वडा सचिव प्याकुरेल सोही गाउँपालिका वडा नम्वर २ मा घर भएका ब्यक्ति हुन् । वडा नम्वर १ देखि वडा नम्वर ६ सम्मको वडा सचिवको जिम्मेवारी लिएकोले गाउँपालिकामा उनी जल्दाबल्दा र चतुर ब्यक्तिका रुपमा गनिन्छन् । डिएसपी शर्माका अनुसार प्याकुरेलले तीनचार बर्ष अघिपनि वडा सचिव  भएका बेला एक खानेपानी योजनाको उपभोक्ता समितिको अध्यक्ष भएर १५ लाख रुपैयाँ भ्रष्टाचार गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप