शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सावोमीको एमआई ८ लाईट नेपालमा पनि, मूल्य ३१ हजार ९ साय ९९

आइतबार, २२ पुस २०७५, १२ : ५०
आइतबार, २२ पुस २०७५

काठमाडौं – सावोमीले एमआई ८ लाईट नेपालमा भित्र्याएको छ । एमआई ८ लाईट स्टाईलिस् ग्लास् ब्याकको साथमा आकर्षक सेल्फी र उत्कृष्ट प्रदर्शनीका साथमा बजारमा आएको छ । सावोमीको फल्याग्सिप एमआई ८ सिरिजको सबैभन्दा नयाँ मोडल रहेको छ जुन सामाजिक सञ्जालका लागी उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखि तयार गरिएको कम्पनीले बताएको छ ।


एमआई ८ लाईटमा आकर्षक ग्लास ब्याक प्यानलको साथमा अगाडि २४ एमपी सोनी आईएमएक्स५७६ सेन्सर, क्वूअलकम स्न्यापड्रागन ६६० एआईई एसओसी जस्ता विशेषताहरु रहेको छ जसले स्मार्टफोनबाट उत्कृष्ट तस्बिर तथा स्मार्टफोन अनुभव चाहनेहरुको जरुरत पूरा गर्दछ ।

सावोमी नेपालका कन्ट्रि म्यानेजर सौरभ कोठारी भन्छन्, “हामी नेपालमा एमआई ८ लाईट भित्राउन उत्सुक छौ । स्न्यापड्रागन ६६० एसओसी  र उत्कृष्ट २४ एमपी सोनी आईएमएक्स ५७६ सेन्सर क्यामेरा रहेको एमआई ८ लाईटले नेपालका एमआई प्रेमीहरुको लागी साँच्चै सुपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधिको जरुरत पूरा गर्नेछ ।”

आकर्षक डिजाईन

एमआई ८ लाईटको डिजाईन लोकप्रिय फ्रेन्च पेन्टर क्लाउडे मोनेटको कामहरुबाट प्रेरित रहेको छ । मोनेटको पेन्टिङहरु प्राकृतिक रङहरुमा प्रकाशको प्रभाव ल्याउनको लागी ख्याति प्राप्त छ । सेटको ग्लास ब्याकमा एनसीभीएम रङ प्रक्रिया प्रयोग गरिएको छ जसले गर्दा ऐना जस्तो आकर्षक डिजाईन तयार गरिएको छ ।

७.५ मीमी को पातलो आकार रहेको एमआई ८ लाईटमा ६.२६ ईन्च १९ः९ को एल्.सि.डि. फुल स्क्रिन डिस्प्लेको साथमा एफएचडी प्लस स्व्रिmन रेजुलेसन र अगाडीको कर्निङ गोरिल्ला ग्लास रहेको छ ।

उत्कृष्ट सेन्सर

२४ मिलियन पिक्सेल्स् भन्दा बढीको साथमा सोनी आईएमएक्स५७६ सेन्सरले गर्दा धेरै विवरणहरुको साथमा तस्बिर लिन सकिन्छ । मधुरो बत्ती रहेको अवस्थामा पनि सेन्सरले सुपर पिक्सेल प्रविधि प्रयोग गरी ४ वटा पिक्सेलहरुको जानकारी एउटै ठूलो पिक्सेलमा समायोजन गरी विशेष गरी भित्री वातावरण स्पष्ट तस्बिरहरु प्रस्तुत गर्दछ । एआई ड्यूअल क्यामेराले  मुख्य सेन्सरको रुपमा सोनी आईएमएक्स ३६३ प्रयोग गर्दछ ।

क्वूअलकम स्न्यापड्रागन ६६०

एमआई ८ लाईट क्वूअलकम स्न्यापड्रागन ६६० ओक्टा कोर एसओसीसँग आर्टिफिसियल इन्टेलिजेन्स इन्जिनद्वारा उत्कृष्ट प्रदर्शनीको लागि तयार गरिएको छ । कुनै प्राविधिक बाधाहरु बिना फिल्म हेर्ने, गेमहरु खेल्ने र वेब ब्राउसिङको मजा लिन सकिनेछ ।

एमआई ८ लाईटमा ३३५० एमएएच ब्याट्री र क्यूअलकम क्विक चार्ज ३.० रहेको छ । यस सेटले एआई फेस अनलक र रियर् फिंगर प्रिन्ट सेन्सर जस्ता विशेषताहरु पनि समेटेको छ जसले तपाईको सेट सु्रक्षित राख्दछ ।

एमआई ८ लाईट सावोमीको अनलाईन स्टोरमा उपलब्ध छ । यो अरोरा ब्लु र मिडनाईट ब्ल्याक् रङमा ३१ हजार ९ सय ९९ मा उपलब्ध छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप