शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज क्वाँटी खाँदै हुनुहुन्छ ? थाहा पाउनुस् यसका फाइदै फाइदा

शुक्रबार, १३ साउन २०७४, ०९ : ०९
शुक्रबार, १३ साउन २०७४

नेपालीको विभिन्न चाडपर्वमध्येको एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटीमा नौथरी गेडागुडीको मिश्रण हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यता अनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व छ ।

क्वाँटीबाट शक्ति र स्वाद दुबै पाइने भएकाले यसको विशेषता छ । यसमा पूर्ण प्रोटिन पाइन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । यसमा भिटामिन ‘बि’ को सबैजसो प्रकारकाहरु पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ ।

क्वाँटी खाँदा शरिरमा हुने फाइदाबारे यहाँ चर्चा गरिएको छ ।

क्वाँटीमा टुसा पलाएका गेडागुडी हुने भएकाले यसमा रेसाको मात्रा बढी हुन्छ । कब्जियतको समस्या हुनेले रेसादार खाना खाएमा धेरै फाइदा पुग्ने गर्दछ ।

यसले मधुमेह तथा पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्याउँछ ।

यसले बूढो हुने गतिलाई मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

तुरुन्त प्रयोग हुन सक्ने शरिरलाई चाहिने शक्तिको स्रोत दिन्छ । त्यसकारण शरिरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

टुसाएका गेडागुडी भिटामिन प्रशस्त पाइन्छ । क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।

क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् ।

क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।

गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप