शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डुडुवा नालामा बनेको पुल मर्मत नहुँदा जोखिममा

शुक्रबार, १३ साउन २०७४, ०८ : ५४
शुक्रबार, १३ साउन २०७४

बाँके  - बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दीस्थित डुडुवा नालामा बनेको पुलको आवश्यक मर्मत नहँुदा जोखिमपूर्ण बन्दै गएको छ ।

करिब ढेड दशकअघि निर्माण भएको सो पुलको मर्मतसम्भार नहुँदा अहिले भत्किन थालेको छ । पुलको वरिपरि पिलर ढलेका छन् भने ढुंगाले लगाएको बारसमेत भत्किएको छ । 

पुलको बीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको स्थानीयवासी भागिरथी चन्दले बताए । 

राप्तीपारि क्षेत्रलाई जोड्ने मुख्य सडकअन्तर्गत पर्ने सो पुलको मर्मत सम्भार नहुँदा जोखिम बनेको छ ।

पुल निर्माणपछि सरोकारवाला निकायले चासो नदिएकाले पुल जोखिमपूर्ण बनेको सम्बद्ध पक्षको भनाइ छ । 

सो पुलको बिहीबार सरसफाइ गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त पहलमा पुलको सरसफाइ गरिएको हो ।

पुलमा जमेको माटो, फोहरमैला तथा पानी निकासको प्वाल सफा गरिएको छ ।

सरसफाइ कार्यक्रममा डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, शिव रेडियो श्रोता क्लब, पदमपुर महिला सहकारी संस्था तथा स्थानीयवासीको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप