बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रियल छाड्न भिख माग्नुपर्यो : मोरिन्हो

शुक्रबार, १३ साउन २०७४, ०८ : ५३
शुक्रबार, १३ साउन २०७४

क्यालिफोर्निया – म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले रियल म्याड्रिड छाड्नका लागि आफूले क्लबका अधिकारीहरुसँग भिख माग्नुपरेको बताएका छन् । 


सन् २०१३ मा सान्टियागो बर्नबेउ छाड्नका लागी आफूले बिन्ती गर्नुपरेको मोरिन्होले दाबी गरेका हुन् । रियलसँगको तीन वर्ष बिताएपछि मोरिन्होले सन् २०१३ मा आपसी समझदारीबाट क्लबसँग सम्बन्ध विच्छेद गरेका थिए । 


त्यतिबेला उनको करारमा ३ वर्ष बाकीँ नै थियो । त्यसपछि युनाइटेड आउनअघि उनी आफ्नो पूरानो क्लब चेल्सी फर्किएका थिए । 


त्यहाँबाट पनि राजीनामा दिएपछि उनी ओल्ड ट्राफोडमा आइपुगेका छन् । उनले पहिलो सिजनमा नै युनाइटेडलाई ईएफएल कप र युरोपा लिगको उपाधि दिलाउन सफल भएका थिए । 

५४ वर्षिय मौरिन्होले रियलको जस्तो नियति युनाइटेडमा नहुने र आफूले उत्कुष्ट प्रदर्शन दिनेमा विश्वस्त रहेको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप