बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् राजपा नेता पञ्चुप्रसाद गुप्ता

शुक्रबार, १३ साउन २०७४, ०८ : ४८
शुक्रबार, १३ साउन २०७४

कञ्चनपुर - पुराना मधेसवादी नेता पञ्चुप्रसाद गुप्ताको निधन भएको छ । राजविराज नगरपालिका–७ निवासी ७२ वर्षीय गुप्ता लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए। राष्ट्रिय जनता पार्टी निकटका उद्योग मञ्चका केन्द्रीय सदस्य गुप्ताको बुधबार राति निधन भएको परिवारजनले बताए । 

गुप्ताले सो वडाको अध्यक्षको जिम्मेवारीसमेत बहन गरेका थिए ।
बिहीबार अन्तिम श्रद्धाञ्जलिका लागि निवासस्थलमै राखिएको उहाँको पार्थिव शरीरमा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, सहमहासचिव जयप्रकाश ठाकुर, केन्द्रीय सदस्यद्वय दीपेन्द्र चौधरी, विशेश्वर रजक, जिल्ला संयोजक सुनिलकुमार झा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे । 
बिहीबारै उहाँको सप्तकोशी किनारमा अन्त्येष्टि गरिएको छ ।

जेठा छोरा सुरेशले मुखाग्नी दिनुभएको थियो । यसैबीच, नागरिक सञ्जाल, सप्तरीका अध्यक्ष सुखराम यादव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझीले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत गुप्ताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति भगवतीले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप