शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवाज शरीफको भाग्यको फैसला आज, सुरक्षा व्यवस्था कडा

शुक्रबार, १३ साउन २०७४, ०८ : ३७
शुक्रबार, १३ साउन २०७४

इस्लामाबाद – पानामा लिक्सको बारेमा पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफ र उनको परिवारविरुद्ध परेको मुद्दामा शुक्रबार फैसला सुनाउने छ ।

सर्वोच्च अदालतले बिहिबार राती जारी गरेको सप्लिमेन्ट्री कज लिस्टका अनुसार पाँच सदस्यीय बेन्चले बिहान ११ बजे यस मामिलामा फैसला सुनाउने बताइएको छ ।

सर्वोच्चको यस बेन्चमा न्यायाधीस एजाज हसन, एजाज अफजल, सइद शेख, आसिफ सहिद खोसा र गुल्जार अहमद शामिल छन् ।

न्यायाधीसद्वय खोसा र गुलजारले पानामाको शुरुवाती निर्णयमा नै प्रधानमन्त्री शरीफलाई अयोग्य करार गरिसकेका छन् भने बाँकी तीन न्यायाधीसले यस मामिलामा थप जाँच गर्ने आदेश दिएका थिए ।

शुरुवाती फैसादपछि संयुक्त जाँच टोली गठन गरिएको थियो जसले १० जुलाईमा आफ्नो रिपोर्ट प्रस्तुत गरेको थियो ।

यस रिपोर्टमा बहसपछि तीन सदस्यीय विशेष बेन्चले २१ जुलाईमा फैसला सुरक्षित गरेको थियो । अदालतको फैसलालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको थियो ।

विपक्षी पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खान पनि पानामा मुद्दामा याचिका दायर गर्नेमध्येका एक हुन् ।

इमरान खानले केही दिनअघि सर्वोच्च अदालतलाई यस मामिलामा चाँडो फैसला सुनाउन अपिल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप