बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रेस्टुरेन्टमा आगलागी : पाँच लाख बढीको क्षति

शुक्रबार, १३ साउन २०७४, ०८ : ३५
शुक्रबार, १३ साउन २०७४

कञ्चनपुर  - कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । 

विद्युत् सर्ट भई आगलागी हुँदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका कुर्सी, टेबुल, इन्भर्टर, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको रेस्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले बताउनुभयो । स्थानीय व्यवसायी, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप