मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भ बसाउन किन जनवरी २ नै रोज्छन् जोडी ?

शुक्रबार, २० पुस २०७५, १३ : २०
शुक्रबार, २० पुस २०७५

यदि तपाईं बच्चाका लागि योजना बनाइरहनुभएको छ भने तपाईंले सायद बुधबारको रात गर्भ बसाउने कोसिस गर्नुपर्दथ्यो किनभने यो दिन गर्भवती हुनका लागि सबैभन्दा राम्रो मानिन्छ ।

यहाँसम्म कि जनवरी २ लाई ‘नेशनल बेबी मेकिङ डे’ पनि भनिन्छ किनभने युकेको आधिकारिक आँकडाका अनुसार धेरैजसो मानिसको जन्मदिन सेप्टेम्बर २६ तारिखमा पर्छ जुन ३८ हप्तापछि आउँछ । धेरैजसो गर्भ ३८ हप्ता नै रहन्छ । फर्टिलिटी विशेषज्ञलाई मान्ने हो भने जनवरी २ तारिख गर्भ बसाउनका लागि थुप्रै कारणले उपयुक्त हुन्छ ।

च्यानल ममले दुई हजार एक सय ३० जोडीमाथि एउटा अनुसन्धान गरेको थियो । जसमा उनीहरुले लगातारको पार्टी समाप्त भएपछि उनीहरु पार्टनरसँग समय बिताउन चाहने बताए ।

सहभागीमध्ये ७१ प्रतिशतले जनवरी २ को राती १०ः३६ मा यौन सम्बन्ध स्थापित गर्ने गरेको बताए ।

उक्त अनुसन्धानमा २३ प्रतिशत अभिभावकले क्रिसमसमा गर्भ बसेका सन्तान चाहेको खुलाए । तीमध्ये १७ प्रतिशतको क्रिसमसमै गर्भसमेत बसेको खुलासा गरे ।

क्रिसमसमा गर्भ बसेका सन्तान सेप्टेम्बरमा जन्मिने भएकाले उनीहरु आफ्नो स्कूलमासहपाठीभन्दा जेठो हुने जुन निकै महत्वपूर्ण भएको २७ प्रतिशत अभिभावकको भनाई छ ।

थुप्रै सहभागीले आफूले यही समयमा मज्जाले पार्टी गर्ने र रक्सी पिइराख्ने बताए । उनीहरुका अनुसार काममा फर्कनुअघि उनीहरु आफ्नो पार्टनरसँग रोमान्स गर्न चाहन्छन् । थुप्रै जोडीले सामान्य दिनको तुलनामा क्रिसमस र नयाँ वर्षका बेला उनीहरु धेरै यौनसम्पर्क गर्ने स्विकार गरे ।

७३ प्रतिशतले यतिबेला उनीहरुसँग धेरै समय हुने दाबी गरे जबकी ४८ प्रतिशत क्रिसमसको उत्सवका कारण खुसी हुने बताए । २८ प्रतिशतले यतिबेला उनीहरु आफ्नो पार्टनरसँग थप नजिकिएको महसुस गर्ने बताए । ३६ प्रतिशतले अत्यधिक मदिरा सेवन गर्ने भएकाले उनीहरु धेरै यौनसम्पर्क गर्ने जानकारी दिए ।

पाँच व्यक्तिमध्ये एकले उनीहरु क्रिसमस मनाइरहँदा बच्चाको लागि कोसिस गर्ने सहमती गरेको बताए । कतिले क्रिसमस प्रोजेक्टको रुपमा गर्भवती हुन चाहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप