शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियापछि इरानद्वारा सफलतापूर्वक रकेट परिक्षण, अमेरिकालाई टाउको दुखाई

शुक्रबार, १३ साउन २०७४, ०८ : ११
शुक्रबार, १३ साउन २०७४

तेहरान – इरानले उपग्रहलाई अन्तरिक्षको कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।


उत्तरी इरानको सेमनानको एक नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको बताइएको छ ।


अमेरिकाले यस प्रक्षेपणको विरोध गर्दै यसलाई उत्तेजित बनाउने कदम भएको प्रतिक्रिया दिएको छ ।


यसैबीच, अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ्सपछि अब सिनेटले इरान रुस र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउनेसम्बन्धि विधेयक पारित पनि गरेको छ । 
इरानले सन् २००९ देखि अहिलेसम्म पाँचवटा रकेट प्रक्षेपण गरेको छ ।


इरानको सरकारी टिभी च्यानलका अनुसार रकेटले २५० केजीको भू–उपग्रहलाई ५ सय किलोमिटरको उचाइँसम्म लानसक्नेछ ।


अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता हिदर नायर्तले यदी यो कुरा पुष्टि भयो भने यो संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन हुनेछ ।


इरानले पनि अमेरिकाले लगाएको १८ प्रतिबन्धको जवाफ दिने बताएको छ । अमेरिकाले इरानका १८ अधिकारी र संस्थाहरुलाई प्रतिबन्ध लगाएको छ जसले इरानको बलेस्टिक मिसाइल कार्यक्रम या रिभल्युसनरी गार्ड कप्र्सको साथ दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप