शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको गजुरीबाट चार केजी सुनसहित तीन जना पक्राउ

शुक्रबार, २० पुस २०७५, १० : ०७
शुक्रबार, २० पुस २०७५

काठमाडौँ– रसुवाको केरुङबाट नेपाल छिराइएको अवैध चार केजी सुनसहित प्रहरीले जनालाई पक्राउ गरेको छ । 

प्रदेश ३ प्रहरी प्रमुख डीआईजी दीपक थापाका अनुसार गएराति पौने १० बजे धादिङको गजुरीबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिका वडानम्बर–३ बस्ने २७ वर्षका संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का २२ वर्षका सुरेन्द्र तामाङ र तारकेश्वरकै २४ वर्षका विकास तामाङ रहेका छन् । 

उनीहरूले मोटरसाइकलमा सुन ल्याउँदै गरको अवस्थामा प्रहरीले बरामद गरेको हो  । गल्छीबाट गजुरीतर्फ सुन लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुन चीनको केरुङ हुँदै रसुवागढीबाट धादिङ ल्याएको प्रारम्भिक बयान दिएका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी थापाले रातोपाटीलाई जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप