शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तपाईको आजको दिन कस्तो छ ? हेर्नुस्  राशिफल

शुक्रबार, २० पुस २०७५, ०६ : ३०
शुक्रबार, २० पुस २०७५

वि.सं.२०७५ साल पौष २० गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ०४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि चतुर्दशी,५४ घडी ४८ पला । नक्षत्र ज्येष्ठा,१७ घडी ०३ पला,दिउँसो ०१ बजेर ४६ मिनेट उप्रान्त मूल । योग वृद्धि ४९ घडि ४६ पला । करण भद्रा,बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त शकुनी,रातको ०४ बजेर २२ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा चर योग । चन्द्रराशि बृश्चिक,मध्यान्ह ०१ बजेर ४६ मिनेट उप्रान्त धनु । दिशिचह्रे पूजा। 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २५ घडी ५८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सबल हुँने हुँदा उपलब्धिमुलक कामहरु गरेर दैनिकी जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनजस्तो नतिजा आउँने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने दिदिबहिनिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तिको योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जाने हुनालेमनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै बिलाशि जीवन व्यातित गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउबाट प्रेम प्रस्ताब आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।
     
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन नजाने हुनालेअरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । मध्यान्हबाट समय राम्रो रहेकोले बादबिवादमा तपाईकै जित निश्चित हुनेछ । मामा मावलीबाट भनेजस्तो सहयोग पाईनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसल हुनेछन् । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउनेछ ।    

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् ।  साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिएर लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिरनै जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आट,शाहस तथा पराक्रम बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ भने लेखन,कला,शाहित्यमा चासो बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनालेथप लगानिको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफुनिर आकर्षित गर्न सकनिेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ । साझपख खानपानमा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको सहि सदुपयोग गरि विदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । मध्यान्हबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको समर्थना पाईनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिलाशी तथा भौतिक बस्तुको प्रयोग गर्न पाउँदा मन हर्शित हुनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । साझपख विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न  सक्नेछन् । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सांगितिक माहोलमा दिन दित्ने हुदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ ।

मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनालेशरिरका थप उर्जा पैदा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनालेमन  शान्त रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।     
    
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप